लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
पुस ५ मा सरकारी वकिल कार्यालयले उहाँविरुद्ध अदालतमा अभियोजन गर्दैछ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उहाँलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो । सोमबार प्रहरीले उहाँविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
लामिछाने कार्तिक २ गते वनस्थलीबाट पक्राउ पर्नुभएको थियो । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछाने सहित ५ जना थुनामा रहेका छन् । यता रास्वपाका नेताहरूले भने लामिछानेलाइ प्रतिशाेधका खातिर मुद्धा मालिमा अल्झाएकाे बताउँदै आएकाे छ । यस्तै केही अन्य दलका उच्च नेतृत्वले समेत रविकाे अनुसन्धान प्रतिशाेधकै कारण नै भएकाे दावी गर्दै आएका छन् ।