किराँतीको सामुहिक चासोक तङ्नामको रौनक बढ्दै (फाेटाे/भिडियाे सामाग्री सहित)
३० मंसीर २०८१/झापा
किरातीहरुको महान चाड उधौली वर्प अर्थात चासोक तङ्नाम ५०८४ को अवसरमा झापाको विभिन्न सार्वजनिक स्थलमा मेला तथा कार्याक्रमहरु भएका छन् ।
निरंकुश राज्य व्यवस्था हुँदा खुलेर पर्व मनाउँन नपाइरहेका किरातीहरुले पछिल्लो समय स्थानीय पालिका मिलेर समूहमा बृहत कार्याक्रम तथा मेलाको आयोजना गर्न थालेका छन् ।
झापाको दमक र कमल पालिकाले सँयुक्तरुपमा आदिवासी रंगशालाको मैदानमा साँस्कृतिक मेला सहित पर्व मनाएका छन् । पूर्खाले आन्दोलन गरेर सँस्कृति संरक्षणमा मिलेको स्वतन्त्रताको प्रयोग गर्दै भाषा तथा सँस्कृतिको संरक्षणले किरातीमा एकताको विकास हुँदै गएको किरातीका अगुवा नेता धिरेन्द्र लावातीले बताउनु भयो ।
किरात याक्थुङ चुम्लुङका संघीय सचिव यासिली योङहाङको प्रमुख आथित्यमा भएको कार्यक्रममा बक्ताहरुले आदिवासी रंगशाला पिता पुर्खाको समाधिस्थल भएकाले कुनै पनि हालतमा यसको पहिचान मेटिन नहुने बताएका छन् ।
प्रमुख आथिति योङहाङले पछिल्लो समय साँस्कृतिक महत्वबारे उजागर हुँदै गएको भए पनि सरकारले अझै पनि संरक्षण विकासमा उल्लेख्य चासो नदिएको बताउनु भयो ।
सरकारले आजको दिन सार्वजनिक विदा दिँदै आएकाले पछिल्लो समय पर्व मनाउनेहरुको मोह समेत बढ्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा विहान चासोक तङनाम पूजा अर्थात बाली विरुवाको न्वागी पूजा गरेर शुरु गरिएको पर्वमा साँस्कृतिक नृत्य धान नाच, च्याव्रुङ नाच, सोकला नाच लगायतको प्रतियोगिता समेत गरिएको छ ।
कियाचु दमक नगर समितिका अध्यक्ष देवेन्द्र मावोहाङ चेम्जोङको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न नृत्य, पालम तथा गायन समेत प्रस्तुत गरिएको छ ।
भिडियाे सामाग्री हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।