बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)

५ पुस २०८१/झापा

घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि ५० बर्ष उमेर समूहको आमाहरुको ८ ओटा समूहबीच भएको प्रतिस्पर्धामा वेलडाँगीको सेक्टर सीले शून्यकाे विरूद्ध १ गाेलले  विजय प्राप्त गरेको छ ।
उपविजेता सेक्टर ए विरुद्ध खेलको २१ मिनेटमा अनिता राईले गरेको गोल निर्णायक बनेको थियो । ८ वटा आमा समूहबीच भएको प्रतिष्पर्धामा पहिलो र दोस्रो हुने टीमले ट्रफी, मेडल र नगद पुरस्कार पाएका छन् । भुटानी शरणार्थी महिला मंचको आयोजनामा भएको खेलमा तेस्रो मुलुक पुर्नवास भएका भूटानी युवाहरुको संस्था सिजल एण्ड सिस्टरले आर्थिक सहयोग गरी खेल खेलाइएको मंचकी संयोजक रिन्जिन देमाले बताउनु भयो ।
पुस १ गते देखि भएकाे वयस्क महिलाहरुको खेल हेर्न शरणार्थी र स्थानीय क्षेत्रबाट समेत दर्शकको उपस्थिति रहेको थियो ।
भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।
https://www.youtube.com/watch?v=rYxsFf-5Yzs

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
Next post खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)