भुटानी महिलाको रोचक फुटवल प्रतियोगिता
१ पुस २०८१/वेलडाँगी, झापा
घरमा मात्र सिमित बन्दै आएका भूटानी शरणार्थी महिलाबीच फुटवल प्रतियोगिता आयोजना गरिएको छ । महिला शसक्तिकरणका लागि खेलकुद भन्ने अवधारणाबाट बेलडाँगी शरणार्थी शिविरका ८ वटा महिला टीम बीच खेल भएको छ । २५ देखि ५० बर्ष उमेर समूहका महिला बीचको फुटवल खेल रोचक र प्रतिष्पर्धात्मक बनेको छ ।

आज भएको पहिलो खेलमा वेलडाँगी सेक्टर सी लाई हराएर ए सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै सेक्टर डीलाई हराएर सीको बी टीम सेमिफाइनलमा प्रवेश गरेको छ ।
तेस्रो मुलुक पुगेका भूटानी युवाहरुको संस्था सेजल एण्ड सिस्टर फाउण्डेशनकाे सहयोगमा भएको खेलमा पहिलो र दोस्रो टीमलाई क्रमश नगद ७ र ५ हजार रूपयाँ प्रदान गरिने छ । यस्तै विजेता र उपविजेतालाई ट्रफी र मेडल समेत प्रदान गरिने आयोकज भूटानी शरणार्थी महिला मंचले जानकारी दिएको छ । मेघ सुवेदी अध्यक्ष रहेकाे यस संस्थाले शरणार्थी शिविरमा शिक्षा, स्वास्थ्य र बृद्धबृद्धालाई रेखदेखमा समेत सहयाेग गर्दै आएकाे छ ।