कन्काइ र विरीङकाे पुल एक दशकमा पनि बनेनः पुल नबन्दा दक्षिणी झापामा अझै डुङ्गाकाे भरमा जाेखिम यात्रा

२२ साउन २०७९/डिकेश लामा

एक दशक वितिसक्दा समेत पुल नबनेकाले दक्षिणी झापाका मानिसले अझै जोखिम मोलेर बाढीमा यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । हुलाकी सडक अन्तर्गतको कन्काई र विरीङ्ग खोलाको पुल नबन्दा अझै पनि डुङ्गाको भरमा जोखिम यात्रा गर्नु पर्ने बाध्यता रहेको स्थानीयले गुनासो पोखेका छन् ।

कन्काइ नदिमा निर्माणधीन पुल समयमा नवन्दा बर्षौं देखि जोखिम यात्रा गर्नु पर्ने बाध्यता हट्न सकेको छैन । बर्षामा आवातजावात ठप्प हुने दक्षिणी झापामा समयमा पुल नबनेकाले हिउँदमा पनि डुङ्गाको भरमा यात्रा गर्नु पर्ने अवस्थामा यतिखेर थप जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता रहेको डुङ्गाबाट जोखिम यात्रा गरेर झापा गाउँपालिकामा विरामी भेटेर गौरीगंज फर्कनु भएकी टिकामाया लिम्बुले बताउनु भयो । लिम्बुका अनुसार समयमा पुल बनेको थियो भने ज्यान जोखिममा राखेर हिड्नु पर्ने अवस्था हट्ने थियो ।

 

२०६८ सालमा ३४ करोडमा ठेक्का लागेको ७ सय २४ मिटर लम्बाइको कन्काई नदिको पुल २ बर्ष देखि ठेकेदार कम्पनी पप्पुको जेभीको पार्टनर महादेव खिम्तीले काम शुरु गरेको छ । तर पुल निर्माणको कामले अझै पनि गति लिन सकेको छैन । बर्षातले गर्दा यतिखेर पुल निर्माणको काम रोकिएको छ । बर्षातमा सँधै काम रोकिने र हिउँदको समयमा मात्र काम हुने भएकाले कामको प्रगति हुन सकेको छैन । यति ठूलो योजनामा कामदार नै थोरै परिचालन गर्ने गरेकाले पनि कामले गति लिन नसकेको स्थानीय अगुवा इश्वर माझीले बताउनु भयो । बर्र्षौ देखि नदि तर्न डुङगाको भर पर्नु पर्ने अवस्था हट्न सकेको छैन । यस्तै तरिकाले अझै पनि पुल बनाउन ५ बर्ष धेरै समय लाग्न सक्ने देखिएको छ । हुलाकी सडकको अधिकांश कार्य झापा क्षेत्रमा निर्माण सकिन लाग्दा समेत मुख्य नदि र खोलाको ३ वटा पुल नबन्दा भने सडक संचालनमामै समस्या हुँदै आएको गौरीगंज वडा नं. १ चउरी बस्तीका अगुवा रामप्रसाद प्रसाईंले बताउनु भयो ।

झापामा हुलाकी सडक अन्तर्गत विरीङ्ग, कन्काई र रतुवा खोलाको पुल निर्माण नहुँदा सडक संचालनमा समेत समस्या हुँदै आएको छ । बहुप्रतिक्षित हुलाकी सडकको सवै भन्दा समस्याको रुपमा रहेको दोस्रो विरीङ्ग पुलको भने आगामी बर्षमा निर्माण सम्पन्न हुने निर्माण कम्पनि लामा मैनाचुलीका इन्जिनियर राघव यादवले बताउनु भयो ।

हुलाकी सडकको मुख्य ३ वटा पुल नवनेकाले दक्षिणी भूभागका बासिन्दाको बर्षौं देखिको सास्ती हट्न सकेको छैन । १० बर्ष देखि बनाउन थालिएको पुल अझै नबेकाले यात्रुहरुले जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५५३ नयाँ संक्रमित थपिए
Next post नेपालमा आज ९३४ नयाँ संक्रमित थपिएः १ जनाकाे मृत्यु