ग्रामिण क्षेत्रमा मतदाता शिक्षा नपाएको गुनासो

२ मंसीर २०७९/डिकेश लामा

आसन्न मंसीर ४ गते हुने निर्वाचन शिक्षाका लागि झापामा १ सय ३१ जना महिला स्वयम् सेविका परिचालन गरिएको छ । तर महिला स्वयम् सेविका पुग्न नसकेको स्थानमा मतदान कसरी गर्ने भन्ने कुरा अझै स्पष्ट नभएको ग्रामिण क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् ।

झापा जिल्ला नेपालमा सुगम र साक्षर जिल्लाको रुपमा चिनिन्छ । यस पटकको निर्वाचनमा मत माग्ने टोली आए पनि मत कसरी लगाउने भन्ने विषयमा कसैले पनि नसिकाएको दमक वडा नं. ७ की सविता तामाङले गुनासो पोख्नु भयो । तामाङका अनुसार आफूहरुलाई भोट माग्न भने आएको तर कसैले पनि भोट कसरी लगाउने भन्ने नसिकाएले कसरी मतदान गर्ने भन्ने कुरा जानकारी नभएको बताउनु भयो ।

यस पटकको निर्वाचनमा जिल्लामा रहेको १५ वटा पालिकाको १ सय ३१ वडामा एक/एक जना महिला संयम सेविकालाई मतदाता शिक्षाका लागि खटाइएको छ । तर छोटो समयमा धेरै जनसंख्या र ठूलो क्षेत्र रहेको वडाका सवै घरमा संयम सेविकाहरु पुग्न सकेका छैनन् । आफूहरु पुगेको स्थानमा बुझ्दा ८० प्रतिशत मानिसलाई मतपत्र र मतदान गर्नेबारे ज्ञान नभएको शिक्षा दिन खट्नु भएकी स्वास्थ्य संयम् सेविका रिता दंगालले बताउनु भयो । दंगालका अनुसार धेरै स्थानमा भने भोट माग्न आएको भन्ठानेर नेताको आक्रोश स्वयम्सेविकाहरुमा खन्याउने गरेका छन् ।

यस अघि स्थानीय तहको निर्वाचनमा कुनै कुनै स्थानमा २५ प्रतिशतसम्म मत बदर भएको छ । त्यसैले पनि यस पटक मतदाता शिक्षा दिन आफूहरुले धेरै प्रयास गरेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनु भयो । नेपालका अनुसार हरेक वडाका टोल विकास संस्थामा पुगेर मतदान गर्न स्वास्थ्य स्वयम् सेविकाहरु खटाइएको हो । यस बाहेक १५ वटै पालिकाका विभिन्न क्षेत्रमा नमूना मतदान गराई अभ्यास समेत गरिएको बताउनु भयो । झापा जिल्ला नेपालकै दोस्रो धेरै ६ लाख ६३ हजार ३ सय ११ मतदाता भएको जिल्ला हो । २ सय ८५ मतदान स्थल र ७ सय ६६ मतदान केन्द्र रहेको यस जिल्लामा सवैले सहि तरिकाले मत हालेर आफ्नो मतदानको अधिकार प्रयोग गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post MostBet Aviator Azərbaycan Necə pul qazanmal
Next post भारतलाई बिजुली बेचेर साढे पाँच महिनामा १० अर्ब ३८ करोड आम्दानी