७ वैशाख २०८०,बाँके- नेपालगञ्जको न्युरोडबाट झण्डै ५ कराेड मुल्यका सुनका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ किलाे ९ सय २७ ग्राम सुनका विभिन्न गहनासहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले पत्रकार सम्मेलनमार्फत सुनका गहनासहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो । गहनासहित पक्राउ पर्नेमा विराटनगरका महानगरपालिका वडा नं ९ का बर्ष ४२ का रमेश सोनी र सोही ठाउँका बर्ष ३६ का प्रकाश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

इन्द्रेणाी हाेटल तर्फ जाँदै गर्दा पक्राउ परेका व्यक्तिका साथबाट सुनका सिक्री, चुरा, झुम्का, हार, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका गहना बरामद गरेको प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले पत्रकारमा जानकारी दिनुभयो । गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा बुधवार राति गहनासहित सोनी र ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट सुन कहाँबाट आएको र कहाँ लैजादै गरेको भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सुनको जम्मा मुल्य ४ करोड ६९ लाख ५ हजार ७ सय ६३ रहेको प्रहरीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *