च्याउ खेतीका लागि किसान आफै स्वदेशी विऊ उत्पादन गर्दैः बर्षेनी गर्मी बढ्न थाले पछि खेतीमा चुनौती (फाेटाे फिचर)

३१ असार २०८०/डिकेश लामा

केही बर्ष अघिसम्म भारतबाट च्याऊको विऊ ल्याएर खेती गर्ने किसानहरुले पछिल्लो समय आफै विऊ उत्पादन गर्न थालेका छन् । अर्को मुलुकबाट ल्याएको विऊ कुनै वेला नफल्ने र घाटा व्यहोर्नु पर्ने झापा किसानले आफै तालिम लिएर धमाधम विऊ उत्पादनसँगै च्याउ खेती विस्तार गर्न थालेका हुन् । विदेशबाट फर्किएर १० बर्ष देखि बृहत च्याऊ खेतीमा लाग्नु भएका दमक वडा नं. २ का नेत्र जवेगुले च्याऊको विऊ नराम्रो परेकै कारण धेरै पल्ट ठूलो घाटा समेत व्यहोर्नु पर्यो । तर अहिले उहाँ आफैले भारतबाट तालिम लिएर आएर विऊ समेत उत्पादन र विक्री गर्न थाल्नु भएको छ । जवेगुका अनुसार नेपालमा विऊ उत्पादन गर्न सिके पनि सफलता मिल्न नसकेकाले भारतबाट सिकेर आउनु भयो । झण्डै बर्षको ५० भन्दा धेरै बल अर्थात ३ विगाह जमिनमा उच्च स्तरको टहरा बनाएर च्याऊ खेती गर्दै आउनु भएको छ । यस अघि प्रदेश सरकारको अनुदानमा निर्माण गरेका जस्ता पाता सहितको भवनमा च्याउ खेती गर्दा विदेशबाट ल्याइएका विऊले कतिपटक घाटा व्यहोर्नु परेकाले आफैले सिकेर अहिले सफलरुपमा टिष्यू कल्चर प्रविधिबाट विऊ उत्पादन गर्दै आउनु भएको छ । उहाँले उत्पादन गरेको विऊ अन्य किसानले समेत प्रयोग गर्न थालेका छन् ।


गुणस्तरीय च्याउको विऊ उत्पादनका लागि पछिल्लो समय टिष्यू कल्चर प्रविधि प्रयोग हुन थालेको छ । गहुँको दानामा च्याऊको ढुसी प्रत्यारोपण गरी बृहत रुपमा विऊ उत्पादन हुन थाले पछि अन्य धेरै जिल्लामा खेती समेत विस्तार हुन थालेको विऊ उत्पादन गर्दै आउनु भएका राम खत्रीले बताउनु भयो । विर्तामोड नगरपालिकामा बृहत रुपमा विऊ उत्पादन गर्दै आउनु भएका खत्रीको विऊ अहिले झापा बाहेकका पूर्वी नेपालका अन्य जिल्लामा समेत जाने गरेको छ । पछिल्लो समय गहुँको मुल्य बृद्धिले गर्दा विऊ उत्पादनबाट खासै नाफा भने कमाउन नसकेको उहाँले बताउनु भयो ।

पछिल्लो तीनै तहका सरकारले च्याऊ खेती गर्ने किसानलाई अनुदानको समेत व्यवस्था गर्दै आएको छ । तर वद्लिँदो मौषम र तामक्रमका काराण अव हाइटेक प्रविधिमा खेती गर्न सरकारले थप टेवा दिनु पर्ने च्याउ उत्पादन किसान संघ झापाका अध्यक्ष कविराज गौतम्ले बताउनु भयो । गौतम्का अनुसार पछिल्लो समय परिवर्तन हुँदै आएको तापक्रमका कारण सामान्य टहरामा च्याऊ खेती गर्न निक्कै समस्या हुन थालेको छ । च्याऊ खेतीलाई चाहिने भन्दा अत्याधिक गर्मी हुन थाले पछि अव सरकारले हाइटेक प्रविधिको टनेल घर बनाउन सहयोग नगरे किसानहरु च्याउ खेती बाट विस्थापित हुनु पर्ने अवस्था सृजना हुने बताउनु भयो । यस बर्ष अध्याधिक गर्मी भएका कारण गर्मी मौषममा पहिलो चरणमा हुने च्याउ खेतीबाट धेरै किसानलाई घाटा लागेको छ । लगाएको बलमा गर्मीका कारण विऊ नै उर्मिन नसके पछि लाखौं रुपयाँ किसानले घाटा व्यहोर्नु परेको गौरादह क्षेत्रमा बृहत च्याऊ खेती गर्दै आउनु भएका नलबहादुर खड्काले बताउनु भयो । खड्काले गत बर्ष पहिलो चरणको सिजनमा ६० लाख खर्च गरेर ५० हजार बढी च्याऊका बल लगाउनु भएको थियो । तर यस बर्ष गर्मीका कारण पहिलो चरणको च्याऊ उमार्न नै समस्या भएको उहाँले बताउनु भयो ।

झापा जिल्ला पछिल्लो समय च्याउमा आत्मानिर्भर बन्दै गएको छ । च्याउ खेती गर्दै आएका किसानहरु नै विऊ उत्पादनमा लागे पछि पूर्वी नेपालमै च्याउ खेती विस्तार भइरहेको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कृषि यान्त्रिकीकरणोन्मुख बन्दै झापाः परियोजना मार्फत ६ बर्षमा २८ करोड उपकरणमा अनुदान
Next post आयल निगमले अब देखि स्वचालित प्रणालीबाट इन्धनकाे मूल्य लागू गर्नेः आज रातीबाट मुल्य घट्ने