सन्दकपुरको मकैको खोया देखि किवीको वाइनले लोभ्यायो पर्यटकलाई (फोटो फिचर)

२९ भदौ २०८०, डिकेश लामा

इलामको सन्दकपुर गाउँपालिकामा अतिथि स्वागतका लागि अर्गानिक बस्तुको प्रयोग प्रयोजनलाई नै उच्च प्राथमिकता दिने गरिएको छ । प्रेस सेन्टर नेपालको कोशी प्रदेशको आयोजनामा मिडिया सम्मेलन कार्याक्रममा सन्दकपुर गाउँपालिका वडा न. ३ मा रहेको माइ पोखरी देउराली सामुदायिक होमस्टेले मकैको खोयाको माला बनाएर नयाँ प्रयोग थालेको कोशी प्रदेश होम स्टे महासंघका कार्यबाहक अध्यक्ष लिला देवि भट्टराईले बताउनु भयो ।


भट्टराईका अनुसार मकैको धान चमरालाई पुष्प गुच्छाको रुपमा प्रयोग गरिने गरिएको छ । इलामको एक मात्र किवी फलको जोन रहेको क्षेत्रमा पाहुनाई होम स्टेमा बस्दा सवै भन्दा पहिले दिने ग्रीन टि पछि किवीको स्थानीय क्षेत्रमा बनेको रसबाट बनाइएको वाइन समेत दिने गरिएको छ ।
स्थानीय क्षेत्रको जडिबुटी लगाएर बनाइएको वाइन पाहुनाहरुले औधी रुचाएको माइ पोखरी होमस्टेका संचालक चुडामणी भट्टराईले बताउनु भयो ।
खेसुङ भनिने स्थानीय जडिबुटी लगाएर बनाइने वाइनको स्वाद समेत औधी राम्रो भएको पाँचथरबाट कार्याक्रममा सहभागी बन्नु भएका नेपाल टेलिभिजनका संवादाता विजयबोध लावतीले बताउनु भयो ।
सन्दकपुर वडा नं. ३ मा कोशी प्रदेशका ढेड सय हाराहारी पत्रकारहरुको सहभागिता रहेको छ । भदौ ३० गते सँस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री सुदन किरातीको प्रमुख आथित्यमा पर्यटनलाई पत्रकारितामा जोडेर ओझेलमा परेका क्षेत्रको उजागर गर्न प्रदेश स्तरीय मिडिया भेला गरेको आयोजक प्रेस सेन्टर नेपाल कोशी प्रदेशका मुख्य सचिव सुजन तिम्सिनाले बताउनु भयो ।
तिम्सिनाका अनुसार नेपालको संभवना बोेकेको पर्यटन र त्यसैसँग जोडेर गरिने पत्रकारिता विकासका लागि ३ हजार ६ सय १६ मिटरसम्म उचाइमा रहेको सन्दकपुरमा कार्याक्रमकाृ आयोजना गरिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अलैंची प्रशोधनले रोजगारीः मुल्य बढे पछि किसान उत्साहित (फाेटाे फिचर)
Next post नेपालको रैथाने संकृतिको विकास नगरे पर्यटनको बिकास हुँदैन: मन्त्रि किराती (फोटो फिचर)