प्रधानमन्त्री दाहाललाई आज तेस्राे पटक विश्वासकाे मत प्राप्त

३० फाल्गुण २०८०,काठमाडौँ– प्रधानमन्त्री पुष्प कमल दाहालले आज विश्वासकाे मत प्राप्त गर्नु भएकाे छ । २०७९ को निर्वाचनबाट गठित प्रतिनिधि सभाको यो कार्यकालको १४ महिनाको अवधिमा उहाँले याे तेस्राे पटक विश्वासको मत लिनु भएको छ । तेस्रो पटक प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा प्रधानमन्त्रीको पक्षमा १ सय ५७ जना सांसदले मत हालेका छन् । विपक्षमा १ सय १० मत परेको  छ । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न १ सय ३८ संख्या आवश्यक पर्दछ ।

प्रधामन्त्री प्रचण्डले पहिलो पटक विश्वासमो मत लिदाँ मतदानमा सहभागी २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले मत दिनु भएको थियो ।  राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने विपक्षमा मतदान गरेका थिए ।  यस्तै दाेस्राे पटक विश्वासको मत लिँदा  १ सय ७२  मत प्राप्त भएकाे थियाे भने विपक्षमा ८९ मत खसेको थियो ।

विश्वासको मत लिएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले आफ्नो जिम्मेवारी बढेको बताउनु भएको छ । उहाँले अव आफू थप जिम्मेवार भएर काम गर्ने बताउनु भयाे ।  प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताको पक्षमा राम्रो काम तीव्र गतिमा पूरा गर्ने आफ्नो जिम्मेवारी  काँधमा थपिएको उल्लेख गर्दै संयमित वातावरणमा लोकतान्त्रिक ढंगले विश्वासको मत प्राप्त गरेको प्रतिक्रिया दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गौरादहमा घरेलु शीपको प्रदर्शनी र पुरस्कार (फाेटाे फिचर)
Next post खोला खोल्छीमा पाइने जंगली तिते फुलको प्रयोग बढ्दै (फाेटा फिचर)