0 0
Read Time:2 Minute, 27 Second

२२ चैत्र २०८०/झापा
भूटानी शरणार्थीको मुद्धालाई जागरण गर्ने उदेश्यले दमकमा शरणार्थीको जीवन भोगाइबारे फोटो प्रदर्शनी थालिएको छ । शरणार्थीलाई लामो समय देखि रेखदेख गर्दै आएको शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय र दमक नगरपालिकाको संयोजनमा फोटो प्रदर्शनी थालिएको हो । १० दिनसम्म गरिने फोटो प्रदर्शनी दमक नगरपालिकाको मुख्य कार्यालय अगाडि गरिएको छ ।


शरणार्थीको इतिहास र मानव अधिकार प्रति नेपाल सरकार र शरणार्थी दातृ निकायले कसरी काम गर्यो भन्ने विषयमा जानकारी गराउने ध्येयले फोटो प्रदर्शनी गरेको शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय निकाय नेपालका प्रबक्ता रोशन नेपालले बताउनु भयो । नेपालका अनुसार नेपालमा बस्दै आएका तिब्वितीयन, भूटानी लगायत अन्य देशका शरणार्थीको मानव अधिकार र रेखदेखमा नेपाल सरकार र शरणार्थी दातृ निकायले गरेको भूमिकाबारे पनि फोटोमा प्रदर्शन गरिएको छ ।

नेपालमा सवै भन्दा ठूलो जनसंख्या झण्डै १ लाख ७ हजार संख्यामा रहेका भूटानी शरणार्थीलाई सहयोग गर्दै आएको निकायले सन् २००७ देखि थालेको तेस्रो मुलुक पूनर्वास पछि अझै पनि शरणार्थी बस्तीमा साढे ६ हजार हाराहारीमा भूटानी शरणार्थीहरु रहेका छन् । हालसम्म सवै भन्दा धेरै अमेरिका मात्र १ लाख बढी भूटानी पूनर्वास भइसकेका छन् । यस बाहेक वेलायत, नर्वे, न्यूजिल्याण्ड, अष्ट्रेलिया, क्यानाडा, डेनमार्क, नेदरल्याण्ड पूनर्वास भएका छन् । फोटो प्रदर्शनीले उनीहरुको समस्या दिर्घकालीनरुपमा समाधान गर्न सरोकारवाला निकायको ध्यानाकर्षण होस् भन्ने समेत अपेक्षा समेत गरिएको बताइएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *