कृषि उपार्जनकाे बजारीकरणका लागि किसानलाई तालिम

२२ चैत्र २०८०,झापा– बजार व्यवस्थापनका लागि कृषि सहकारीले झापाको दमकमा तालिम शुरु गरेको छ । दमक वडा नं. ९ मा रहेको सेतुमारी कृषि सहकारी संस्थाले किसानले उत्पादन गरेको कृषि उपार्जनलाई कसरी बजारमा सहज विक्री गर्ने भन्ने ध्येयले ३ दिने तालिम थालिको छ ।
किसानले उत्पादन गरेको बस्तु कतिपय समयमा बारीमै कुहिने अवस्था सृजना हुने भएकाले त्यसलाई सहकारी मार्फत कसरी बजारीकरण गर्ने भन्ने ध्येयले तालिम संचालन गरेको आयोजक सेतुमारी कृषि सहकारी संस्थाका व्यवस्थापक दिपक खनालले बताउनु भयो । खनालका अनुसार सहकारीले थालेको बजार व्यवस्थापनलाई थप व्यवथित गर्न तालिमले धेरै टेवा पुग्ने बताउनु भयो ।

दमकले पछिल्लो समय व्यवासायिकरुपमा अर्गानिक उन्मुख तरकारीबाली खेतीमा जोड दिन थाले पछि त्यसको लागि छुट्टै बजार समेत निर्माण गरेको छ । तर बजार संचालनमा नआउँदा भने समस्या हुने गरेकाले सहकारी मार्फत बजारिकरणको प्रयास थालिएको किसानले बताएका छन् । दमक नगरपालिकाको हलमा थालिएको तालिममा कृषि सहकारी क्षेत्रका अगुवाहरुले सहभागिता जनाएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शरणार्थीको जीवनबारे जागरणका लागि फोटो प्रदर्शनी (फाेटाे फिचर)
Next post बुबासँग पराजित खड्का इलाम २ को उपनिर्वाचनमा पुनः छाेरा सुहाङसँग भिड्दै