वेसारमा ब्राण्ड बनाउँने प्रयासमा दमक नगरपालिका

२१ चैत्र २०८०/डिकेश लामा

झापाको दमक नगरपालिकाले यस बर्ष देखि वेसारमा आफ्नै ब्राण्ड बनाउने ध्येयले नगरभित्र झण्डै १० विगाह क्षेत्रमा व्यवसायिक वेसार खेती थालेको छ । प्रति कठ्ठा ३० केजी र आवश्यक जैविक मल समेत वितरण गरी आगामी बर्ष देखि वेसारमा आफ्नौ व्राण्डमा उत्पादन थाल्ने गरी काम थालिएको नगर प्रमुख रामकुमार थापाले बताउनु भयो ।

झापामा पछिल्लो समय वेसार खेती तर्फ किसानको आकार्षण बढ्दै गएको छ । स्थानीय सरकारले समेत अनुदानमा विऊ र मल उपलव्ध गराई वेसारमा आफ्नै ब्राण्ड बनाउने प्रयास थालिएको छ ।
परापुर्व काल देखि नै नेपाली भान्सामा अनिवार्य वेसार प्रयोग गर्ने चलन थियो । जसका लागि हरेकले घरघरमा थोरै क्षेत्रमा वेसार रोपेर खाने गरिन्थ्यो । तर शहरी क्षेत्र र जनघनत्व समेत बढ्न थाले पछि वेसारको माग बढ्न थाले पछि खेती गर्ने किसानको संख्या बढ्दै गएको छ ।

पछिल्लो समय हरेक स्थानीय सरकारले केही न केही नयाँ र व्राण्ड खोज्ने सोचले पनि भूगोल अनुसारका खेती र उत्पादनलाई ब्राण्डिङ गर्ने कार्य थालिएको छ । यस बर्ष देखि झापाको दमकले पनि बेसारमा आफ्नै ब्राण्ड राख्न अनुदानका कार्याक्रम शुरु गरेको नगरपालिकाकी उपप्रमुख रेजिना भट्टराई प्रसाईंले बताउनु भयो । प्रसाईंका अनुसार नगरले १४ जना किसानलाई उपलव्ध गराएको अनुदानको विऊले आगामी बर्षबाट ठूलो क्षेत्रमा वेसार खेती हुने र उत्पादित वेसारलाई प्रशोधन गरी अर्गानिक वेसार बजारिकरण समेत गरिने उहाँले बताउनु भयो ।


यस बर्ष नगरले झण्डै १० टन विऊ र आवश्यक मल १४ जना किसान तथा कृषि समूहलाई वितरण गरेको छ । झण्डै १० विगाह क्षेत्रमा प्राङगरिक तरिकाले गरिने खेतीबाट आगामी दिनमा प्रशोधन समेत गरेर बजारिकरण गर्ने ध्येय ५ लाख रुपयाँ अनुदानमा कार्याक्रम थालिएको कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले बताउनु भयो । भट्टराईका अनुसार झण्डै प्रति कठ्ठा ७० देखि ८० हजार आम्दानी गर्न सकिने वेसार खेती विस्तार गर्न सके तेस्रो मुलुकमा समेत विक्री गर्न सकिने बताउनु भयो ।


झापा जिल्लामा पछिल्लो समय तरकारी र मसलाजन्य खेती विस्तार हुनेक्रम बढेर गएको छ । जिल्लामा तरकारी र मसला गरी झण्डै ११ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाको तथ्याङक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रविधिको चुनौती चिर्दै पत्रकारिता गर्नु पर्नेमा जोड (फाेटाे फिचर)
Next post शरणार्थीको जीवनबारे जागरणका लागि फोटो प्रदर्शनी (फाेटाे फिचर)