संघीयतामा मिडियाको चुनौति र समाधान खोज्दै झापामा मिडिया सम्मेलन सम्पन्न (फाेटाे फिचर)

५ जेष्ठ २०८१, सारासन्देश समाचार
संघीयता कार्यान्वनमा मिडिया क्षेत्रमा रहेका चुनौती र कानुनी जटिलताबारे झापामा मिडियो सम्मेलन सम्पन्न भएको छ । संघीयतामा सञ्चारः नीति, अवस्था र चुनौतिबारे प्यानलमा छलफल भएको छ । मिडियासँग सम्बन्धित नेपाल पत्रकार महासंघ केन्द्रिय उपाध्यक्ष रमेश विष्ट, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम्, विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुँमागाईं, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी, पूर्व अध्यक्ष धर्मेन्द्र झा, स्थानीय सरकार कन्काई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल सहितको समूहमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा अनलाइन खबरका सम्पादक शिव गाउँलेले सहजीकरण गर्नु भएको छ ।

प्यानलमा जिल्लाका सांगठनिक प्रमुख तथा पत्रकारहरुले जिज्ञासा राख्नु भएको छ । प्यानल छलफलले निकालेको निष्कर्ष र चुनौतिलाई समेटेर नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा प्रदेश समितिका कोषाध्यक्ष विमल छामिछानेको संयोजकत्वमा बनाइएको समितिले १० बँुदे घोषणा पत्र जारी गरेको छ ।


जसलाई जस्ताको तस्तै यो समाचारमा राखिएको छ ।
१. सञ्चार नीतिमा उल्लेख भएअनुसार विकेन्द्रीत नीतिलाई कार्यान्वय गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
२. यो सम्मेलन श्रमजीवि पत्रकारिता ऐन पूर्ण कार्यान्वनको माग गर्दछ ।
३. संघीयतालाई कार्यान्वय गर्ने सन्दर्भमा बढ्दै गएको विकृति र गिर्दो आचरणलाई सुधार गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
४. प्रविधिको बढ्दो विकाससँगै धरासायी बन्दै गएको पत्रकारिता क्षेत्रलाई संस्थागत गर्नका लागि राज्य पक्षबाट सञ्चार नीतिलाई कार्यान्वयन गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
५. सञ्चार नीतिमा उल्लेख भएको लैंगिक, भाषिक, भौगोलिक र जातीय प्रतिनिधित्व हुने गरी नीति गत समावेशीतालाई स्थानीय तहसम्म कार्यान्वयन गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
६. लोक कल्याणकारी विज्ञापनलाई पुनः परिभाषित गरी यसलाई बहुउपयोगी बनाउन यो सम्मेलन माग गर्दछ ।
७. आम सञ्चार र पत्रकारिता क्षेत्रलाई विषय बनाएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई यसै क्षेत्रमा क्रियाशील बनाउने वातावरण सिर्जना गरी सञ्चार क्षेत्रमा आकर्षित गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
८. पत्रकार महिलाको पेशागत तथा भौतिक सुरक्षाका लागि विशेष प्याकेजको प्रबन्ध गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
९. सञ्चार माध्यमको दर्ता, वर्गीकरण, विज्ञापन नीति, संघीय, प्रादेशिक र स्थानीय तहको अलग–अलग ऐन तत्काल ल्याउन र कार्यान्वयनका लागि यो सम्मेलन जोडदार माग गर्दछ ।
१०. कनकाई नगरसहित समग्र झापाका पर्यटकीय क्षेत्रको प्रबद्र्धनसँगै पर्यटन पत्रकारितालाई जोड्न गर्न यो सम्मेलन माग गर्दछ ।

समितिका सदस्य संचारिका समूह झापाकी अध्यक्ष लिला अनमोलले प्रस्तुत गर्नु भएको छ ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्याक्रमा कोशी प्रदेशका निवर्तमान अध्यक्ष विक्रम लुईंटेल, कार्याबाहक अध्यक्ष लबदेव ढुङगानाले कार्याक्रमको सफलताको शुभकामना राख्नु भएको छ । कोशी प्रदेशका आर्थिक तथा योजना मन्त्री रामबहादुर रानाले प्रमुख अतिथिको भूमिकामा पत्रकारिताभित्र देखिएको चुनौतिलाई प्रदेश सरकारको तर्फबाट गर्नु पर्ने भूमिका अविलम्भ गर्नेमा जोड दिने बताउनु भएको छ ।
कार्याक्रममा प्यानलमा रहनु भएका अतिथि, प्रमुख अतिथि, अन्य जिल्लाबाट आउनु भएका अध्यक्ष तथा प्रतिनिधिलाई मायाको चिनो समेत प्रदान गरिएको कार्याक्रम संचालक झापा शाखाका सचिव डिकेश लामाले बताउनु भयो ।
शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेर शुरु गरिएको कार्याक्रममा विभिन्न जिल्लाका अध्यक्ष र पत्रकारहरुले जिज्ञासा राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post महँगो शुल्कले माछा पालनमा समस्या
Next post अटोमेकानिक्स संघ दमकमा नयाँ समिति चयन