महँगो शुल्कले माछा पालनमा समस्या

४ जेष्ठ २०८१/बालदिवश तामाङ

विधुत जडानबाट पानी निकालेर माछा पाल्ने किसानहरुलाई समस्या भएको छ । सरकारले मत्स्यपालनलाई उद्योगमा सूचिकृत गरी महँगो शुल्क निर्धारण गरेकाले किसानलाई समस्या भएको उनीहरुले गुनासो पोखेका छन् ।

पशु, मौरी, कुखुरा तथा माछा पालनलाई सरकारले कृषि उद्योग भनी विधुत महसुल संकलन निमावली २०७८ मा उल्लेख्य गरेको छ । तर कृषिमा भन्दा झण्डै ३ गुणा बढी महसुल माछा पाल्नेले तिर्नु पर्दा धेरै मारमा परेको २० विगाह क्षेत्रमा माछा पालन गर्दै आउनु भएका शिवसताक्षी नगरपालिका वडा नं. २ का होमकुमार गुरुङ्गले बताउनु भयो । कृषि पेशा भनेर उद्योगमा सूचिकृत गरी महँगो शुल्क लिएकाले २० विगाह जमिनमा माछा पालन गर्दा ५० देखि ६० हजार विल तिर्नु परेको उहाँले गुनासो गर्नु भयो ।

यस्तै कमल गाउँपालिका वडा नं. ५ का किसन सहनीले पनि व्यावसायिकरुपमा माछा पालन गर्दै आउनु भएको छ । तर वोरिङ्गबाट पानी निकालेर महँगो मुल्यको दाना खुवाएर माछा पालन गर्दा किसानलाई समस्या हुने गरेको बताउनु भयो ।

कृषिका लागि सिंचाईमा नेपाल सरकार विधुत प्राधिकरणले तल्लो भोल्टेज स्तरमा प्रति युनिट २ रुपयाँ २५ पैसा तोकेको छ । तर कृषि व्यवसायलाई नै कृषि उद्योगमा सूचिकृत गरेपछि प्रति युनिट ८ देखि ११ रुपयाँसम्म शुल्क तोकेको छ । किसानलाई सरकारले दाना र अन्य कुरामा छुट दिन सके माछा पालनमा थप टेवा पुग्ने मत्स्य प्राविधिक कल्पना फुँयाल अधिकारीले बताउनु भयो ।

झापामा ३ सय ६५ हेक्टर क्षेत्रफलमा बार्षिक सरदर झण्डै १ हजार ८ सय मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । तर उचित दाना र पानी व्यवस्थापनमा सरकारको सहयोग नुहँदा भने जस्तो माछा पालन बृद्धि हुन नसकेको किसानको गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमककाे उत्तरी क्षेत्रमा तीन जिल्ला जोड्ने झोलुङ्गे पुल बन्दै
Next post संघीयतामा मिडियाको चुनौति र समाधान खोज्दै झापामा मिडिया सम्मेलन सम्पन्न (फाेटाे फिचर)