अटोमेकानिक्स संघ दमकमा नयाँ समिति चयन

६ जेष्ठ २०८१/दमक, झापा
अटोमेकानिक्स व्यवसायी संघ दमक नगर कमिटिले नयाँ समिति चयन गरेको छ । कोरोना कहर र बजारमा परेको आर्थिक प्रभावले लामो समय देखि बार्षिक साधारणसभा हुन नसकिरहेको अवस्थामा शुक्रबारका दिन उद्योग बाणिज्य संघको हलमा साधारणसभा गरी नयाँ समिति चयन गरेको छ । नयाँ नेतृत्वको अध्यक्षमा पुनः चिन्तामणि तिमिल्सिना सर्वसम्मत चयन हुनु भएको छ ।

यस्तै समितिको उपाध्यक्षमा दिनेश थापा, सचिवमा तारा श्रेष्ठ, सह सचिवमा विशाल अधिकारी र कोषाध्यक्षमा पुष्प पाण्डे चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा मोहमद जुवेर आलाम, पुर्णबहादुर राई, कृष्ण खड्का, जमुना तामाङ, गोपाल अधिकारी, किशोरकुमार दंगाल र प्रेम आचार्य चयन हुनु भएको छ ।

साधारसभाको उद्घाटनसत्रका प्रमुख अतिथि संघका पूर्व केन्द्रिय महासचिव तुलसी ढकालले अटोमेकानिक्सहरुले अव झुकेर भन्दा पनि गर्वको साथ काम गर्ने वातावरण बनाउन आफैले मेहनेत गर्नु पर्ने बताउनु भयो । यस्तै कार्याक्रममा पूर्व अध्यक्ष सुमन सेंढाइले बाइक बनाउने देखि अन्य काममा नेपाल प्रहरीले कागजात लिएर मात्र काम गर्नु पर्ने भन्ने दबावले वेला बेला समस्या आउने गरेको बताउनु भयो ।
नव निर्वाचित समितिलाई प्रमुख अतिथि ढकालले सपथ ग्रहण समेत गराउनु भयो । नवगठित समितिले अव नगर क्षेत्रमा एक भएर एउटै दर रेटमा काम गर्ने र मेकानिकको क्षमता देखि सुरक्षामा समेत टेवा पुग्ने खालका काम कार्वाही अगाडि बढाउने कार्याक्रममा जानकारी गराइएको छ । दमक नगरपालिका भित्र मात्र ८५ वटा अटो मेकानिक्स वर्कसप रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post संघीयतामा मिडियाको चुनौति र समाधान खोज्दै झापामा मिडिया सम्मेलन सम्पन्न (फाेटाे फिचर)
Next post कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ