प्रसाईंलाई यही सरकारले हो जोगाएको, अर्व अर्वकाे कमिशनः किराँती (भिडियाे)

२० चैत्र २०८१/डिकेश लामा
सरकारले गणतन्त्र विरोधीका नाइकेको रुपमा आन्दोलन गर्दै आएका दुर्गा प्रसाईंलाई सरकारले नै जोगाएको नेकपा माओवादी केन्द्र पार्टीका नेता पूर्व पर्यटन मन्त्री सुदन किराँतीले आरोप लगाएका छन् । झापाको बुधबारेमा भएको पार्टीको बुद्धशान्ति नगर कमिटिको अधिबेशनमा बोल्दै काठमाण्डौंको चार भञ्ज्याङ जान कसरी संभव भयो भन्ने प्रश्न गर्नु भएको छ । उहाँले भन्नु भयो, ‘हजारौं हजार सुरक्षाकर्मीकोबीचबाट एउटा जावो दुर्गा प्रसाईं कसरी भाग्न सफल हुन्छरु, के दुर्गा प्रसाईं जादुगर हो रु’ प्रसाईंलाई यही सरकारले लुकाएर राखेको उहाँले आरोप लगाउनु भयो ।


दुर्गा प्रसाईंको आन्दोलन बढ्दै गयो भने कठित हिन्दु राष्ट्रमा सम्झौता गर्न ओली सरकारले चाहेको उहाँले दावी गर्नु भयो ।
उहाँले गर्भनर नियुक्तीमा नीति नै संशोधन गरेर कमिशनमा लागेको बताउनु भयो । उहाँले भन्नु भयो, उमेरहद हटाएर आज उमेर खुल्ला गर्यो । यहाँ नीति अनुसार मान्छे हौइन, मान्छे अनुसार नीति बन्न थालेको बताउनु भयो । जुन खेलमा ६ अर्वको खेल भएको दावी गर्नु भयो ।

default

उहाँले कुलमान घिसिङलाई हटाएर ४ हजार मेघावट विधुतको पीपीए हुन लागेको र २ प्रतिशतले कमिशन खाँदा पनि ८ अर्व रुपयाँ खाने तयारी गरेको उहाँले बताउनु भयो ।
बर्तमान सरकार ढल्नै लाग्दा दुर्गा प्रसाईंको आन्दोलनले अक्सिजन दिएर बचाएको समेत दावी गर्नु भयो ।
बुद्धशान्ति गाँउ कमिटिका अध्यक्ष प्रेम बहादुर लिम्बुको अध्यक्षतामा भएको अधिवेशनमा पार्टीका केन्द्रिय नेता देखि क्षेत्रीय नेतृत्व समेतले बर्तमान सरकार भ्रष्टचारीको बचाउ र कमिशनको खेलमा लागेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post २५ प्रतिशतले छुर्पी निर्यात घट्योः ७ महिनामा ६७ कराेड मुल्यकाे छुर्पी निर्यात
Next post जलवायुको असर सुपारी खेतीमाः उत्पादनमा गिरावटसँगै मुल्य घट्दा किसान मारमा