
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा
झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ ।
मादक पदार्थ सेवन र ट्राफिक नियम विपरित सवारी चलाउने २ सय ९२ वटा मोटर साईकल, ३६ वटा ३ पाङ्ग्रे र १ वटा ४ चक्के सवारी साधान नियन्त्रण लिएको जिल्लामा प्रहरी कार्यालय झापाले जनाएको छ । यस्तै ३ जना मानिस समेत प्रक्राउ परेका छन् ।
तर यो बर्ष होली पर्व विगत भन्दा शान्ति पूर्वक मनाइएको छ । विगत बर्षहरु जस्तो उछृङ्खल गतिविधि भने कम भएको छ । होली पर्वलाई हर्सोल्लासका साथ मनाउन ठाउँ–ठाऊँमा साँगितिक कार्याक्रम समेत आयोजना गरिएको छ ।
यस्तै यता यो बर्ष होलीमा विधुतीय रंगका सामाग्रीहरु समेत प्रयोगमा आएका छन् । विगत बर्ष जस्तो लार्पावाहीरुपमा रंग दल्ने तथा भीडभागमा लोहा हान्ने कार्य समेत कम भएको प्रहरीले जनाएको छ । सामाजिकरुपमा अबान्छनीय गतिविधि हुन नदिन जिल्लामा सुरक्षा व्यवस्था समेत कडा पारिएको प्रहरीले जानकारी दिएका छन् ।
अघिल्लो बर्ष झापामा जिल्ला प्रहरी कार्यलयका अनुसार २ सय ५८ वटा सवारी नियन्त्रणमा लिइएको थियो भने ६ जना पक्राउ परेका थिए ।