
यातायात व्यवस्था कार्यालय झापाबाट ९ जना बिचौलिया पक्राउ
२२ चैत्र २०८१, झापा– यातायात व्यवस्था कार्यालय झापाबाट ९ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यातायात कार्यालयबाट अाज जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरीको टोलीले ९ जना बिचौलियालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बिर्तामोड वडा नम्बर १ की २४ बर्षिय गरिमा घिमिरे, ५२ बर्षिय सीता भेटवाल, २७ बर्षिय सुरज आचार्य, ४२ बर्षिय तुलसी खतिवडा र २९ बर्षिय रोशन आचार्य, त्यस्तै बिर्तामोड २ का २४ बर्षिय टंक प्रसाद राजवंशी, बिर्तामोड ३ का २६ बर्षिय रिशन लिम्बू, बिर्तामोड ५ का ४३ बर्षिय राम प्रसाद ढकाल र कन्काई १ का २० बर्षिय दिवस राई रहेका छन् ।
सवारी सम्बन्धी कामका लागि यातायात कार्यालय पुग्दा सेवाग्राही हरु बिचौलियाका कारण ठगिने गरेको र केही बिचौलियाले सेवाग्राहीको लाखौं रुपैयाँ रकम लिएर फरार रहेको र सेवाग्राहीबाट रकम लिने र कार्यालयमा दाखिला नगर्ने लगायतका समस्याहरु सतहमा अाए पछि प्रहरीले उनीहरूलाइ पक्राउ गरेको हो।
उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।