पशु आहराकाे अवस्था माेवायलबाटै परिक्षण गर्दै गाैरादहका किसान

सन्तुलित पशु आहराका लागि डिजिटल प्रविधिकाे प्रयोग 
२४ चैत्र २०८१/डिकेश लामा
झापाकाे गाैरादहका किसानले गाईबस्तुको स्वास्थ्य अवस्था र सन्तुलित आहरा व्यवस्थापनका लागि मोवाइलबाटै जाँच गर्न थालेका छन्  । डिजिटल प्रविधिकाे प्रयाेगबाट पशु आहरा व्यवस्थापन गरी पशुको स्वास्थ्य सुधारमा काम गर्न अन्तराष्ट्रिय पशु अन्वेषण संस्थाले किसानलाई तालिम दिन थालेको छ ।
ओएफए अर्थात अन फार्म फिड एडभाइजर टुल नामक एपको प्रयोग गरी अव किसानले आफ्नो पशुको आहरा र स्वास्थ्य अवस्था सुधार गर्न आफै सक्षम हुने भएका छन् । सन्तुलित आहरा खुवाउन सल्लाह दिने डिजिटल प्रविधिले पशुको विकासमा टेवा पुग्ने हालै सम्पन्न तालिममा सहभागी हरेन्द्र राईले बताउनु भयो । सुनसरीबाट तालिममा सहभागी हुन आउनु भएका राइले याे प्रविधिबाट किसानले पालेका पशु चाैपायकाे आहराकाे अवस्था जाँच गरी के कस्ता खाद्य तत्व खुवाउने भन्ने जानकारी लिन सकिन्छ ।
विश्वका २० वटा देशमा पशुको अन्वेषण तथा विकासमा काम गर्दै आएको अन्तराष्ट्रिय पशु अन्वेषण संस्थाले निर्माण गरेको एप्लिकेशन चलाउन अगुवा किसान तथा प्राविधिकलाई तालिम प्रदान गरिएको छ । तालिम लिएका कोशी प्रदेशका विभिन्न जिल्लाका प्राविधिकले किसानको गोठसम्म पुगेर पशुको आहराको अवस्था जाँच गरी उचित सल्लाह दिन सक्ने छन् । यो एपले पशु आहरामा सुधार गरी दुध उत्पादन देखि बंशाणु विकासमा समेत सहयोग पुग्ने संस्थाका अनुसन्धानकर्ता डा. यणमणि नेपालले बताउनु भयो । नेपालका अनुसार विश्वका २१ वटा मुलुकमा काम गर्दै आएकाे संस्थाले पशुकाे विकाससँगै दुध उत्पादनमा जाेड दिँदै आएकाे बताउनु भयाे ।
पशुको उचित सन्तुलित आहरा व्यवस्थापन हुन नसक्दा पशु चौपयाको दुध उत्पादन क्षमता अनुसार हुन सक्दैन । आवश्यक पोषण प्राप्त गर्न नसकेका पशुमा बाँझोपन समेत देखा पर्ने भएकाले पशुको आहरा व्यवस्थापनमा डिजिटल एप्लिकेशनको प्रयोगले टेवा पुग्ने किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post यातायात व्यवस्था कार्यालय झापाबाट ९ जना बिचौलिया पक्राउ
Next post प्लाई बोकेको गाडी नेपाल फर्काइयो