
जलवायुको असर सुपारी खेतीमाः उत्पादनमा गिरावटसँगै मुल्य घट्दा किसान मारमा

सुपारी खेतीमा पछिल्लो समय आवश्यक दक्ष कृषि प्राविधिक समेत उप्पादन भएका छैनन् । अनुवभको आधारमा खेती गर्दै आएको सुपारी खेतीमा सरकारको उचित पहल र चासो हुन नसकेको नेपाल सुपारी खेती विकास संस्थाका उपाध्यक्ष निलकण्ठ तिवारीले बताउनु भयो । तिवारीका अनुसार सरकारले कृषिमा सुचिकृत नगर्नु र विदेशी सुपारी अायात राेकेर निर्यात नखाेल्दा धेरै समस्या भएकाे छ ।
झण्डै ९ अर्व रुपयाँ बढीको कारोवार हुने सुपारी खेती विस्तार हुँदै गए पनि भारत निर्यात हुन नसक्दा किसानले सहज बजार पाउन सकेका छैनन् । स्थानीय सरकारले पहल गरे पनि माथिल्लो तहका सरकारले चासो नदिँदा बजारको समस्या समाधान हुन नसकेको धेरै सुपारी खेती हुने बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता अनिल वाग्लेले बताउनु भयो । वाग्लेका अनुसार पालिकाले अनुदान उपलव्ध गराए पनि बजार र विक्रीकाे समस्याले किसानहरू पीडित भएका छन् ।
नेपालको सवैभन्दा धेरै सुपारी खेती हुने झापामा झण्डै ३ हजार हेक्टर क्षेत्रफल हाराहारीमा सुपारी खेती हुँदै आएको छ । बर्षेनी अर्बौं रुपयाँको सुपारी उत्पादन हुने खेतीको व्यवस्थापन र विकासमा सरकारले चासो नदिँदा किसानहरु मारमा परेको उनीहरुको भनाइ छ ।