निर्माण पुरा नहुँदै कन्काइ पुल मर्मतः भारवहन क्षमता परिक्षण गरिने (फाेटाे फिचर)

३ चैत्र २०८१/डिकेश लामा

झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुल निर्माण पुरा नहुँदै मर्मत गरिएको छ । कछुवाको गतिमा हिउँदमा पुलको काम हुँदै आएकोमा यो बर्ष पुलको भारवहन क्षमता परिक्षण गर्न स्याल्ब लगाउने कार्य थालिएको छ ।
निर्माण कार्य पुरा नहुँदै कन्काइ नदिको पुलको काम टालटुल गर्नु पर्ने अवस्थामा पुगेको छ । निर्माण गर्दा गुणस्तर काम हुन नसके पछि पुलको मुख्य भार थाप्ने विमको संरचना नै टालटुल गर्नु पर्ने अवस्था आएको निर्माणमा खटिएका कामदारले बताएका छन् ।
बीमकाे खाली भागमा सिमेन्ट सहितकाे केमिकल लगाउँदै कामदार
पुलको मुख्य संरचना बीम कम्जोर भएकाले पुल निर्माण नसकि नै मर्मत गर्नु पर्ने अवस्था आएको हो । ३ सय ७० स्थानमा क्रयाक्टर गम र ११ स्थानमा सिमेन्ट रड २१ दिन समय लागएर लगाइएको छ । पुल निर्माण नहुँदा दैनिक सयौंका संख्यामा हिड्ने यात्रुले पैसा तिरेर जोखिम यात्रा गर्नु पर्ने बाध्यता रहेको उनीहरुले दुखेसो पोखेका छन् ।

पुलले पूर्णता नपाए पछि वैकल्पिक अस्थायी पुलकाे प्रयाेग गर्दै यात्रु
हुलाकी सडकमा पर्ने कन्काइ नदिको पुल निर्माणका लागि २०६८ सालमा ३४ करोड ९ लाख रुपयाँमा ठेक्का लागेको हो । ७ सय २४ मिटर लम्बाई रहेको पुलको निर्माणको काम यसको भारबहन क्षमता जाँच गरेर मात्र काम अगाडि बढाइने पुल महाशाखाका सव इन्जिनियर अभिषेक राईले बताउनु भयो । राइका अनुसार अहिले भारवहन क्षमता जाँच गर्नका लागि स्याल्ब निर्माण हुनेछ । अनि परिक्षण पछि मात्रै थप काम गर्ने नगर्ने टुङाे लाग्ने बताउनु भयाे ।
२०६८ सालमा पप्पु र महादेव खिम्तीले पुल निर्माण गर्न लिएको ठेक्काको काम अहिले पनि आधा मात्रै भएको छ  । ढेड दशक अघि बनाइएको पुलको संरचना र प्रविधि अहिले आएर परिवर्तन भएको छ । पुरानो मोडलबाट बनाउन थालिएको पुल निर्माणको काम रोकिँदा पुल नबल्ला कि भन्ने चिन्ता स्थानीय बासिन्दाले व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)