२५ प्रतिशतले छुर्पी निर्यात घट्योः ७ महिनामा ६७ कराेड मुल्यकाे छुर्पी निर्यात

१० चैत्र २०८१/झापा

दुधबाट बनाइने छुर्पीको निर्यातमा यो बर्ष गिरावट आएको छ । केही बर्ष देखि लगातार निर्यात बृद्धि हुँदै आएकोमा या बर्ष एक्कासी गिरावट आएको हो ।
गत बर्षको तुलनामा यो बर्ष २५ दशमलव ७ प्रतिशतले कमि आएको छ । गत आर्थिक बर्षको फागुन महिनासम्म ९० करोड ४६ लाख मुल्यकाे छुर्पी निर्यात भएको थियो । चालु आर्थिक बर्षको ९ महिना अर्थात फागुनसम्म ६७ करोड १७ लाख मुल्य बराबरको मात्र छुर्पी निर्यात भएको छ । अघिल्लो बर्षको तुलनामा यो २३ करोड २८ लाख मुल्य थोरैको छुर्पी मात्र निर्यात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

साख गरी तेस्रो मुलुकमा कुकुर र विरालोको आहराको रुपमा प्रयोग हुने छुर्पीको ३ बर्ष यता निर्यात बर्षेनी बृद्धि हुँदै थियो । तर पछिल्लो बजारमा भने गिरावट आउन थालेको हो । छुर्पीको गुणस्तर र बजारको मागले गर्दा निर्यातमा उताव चढाव हुने गरेको व्यवसायीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शिवसताक्षी समितिमा माओवादी केन्द्रका अध्यक्षमा नेम्बाङ सर्वसम्वत चयन
Next post प्रसाईंलाई यही सरकारले हो जोगाएको, अर्व अर्वकाे कमिशनः किराँती (भिडियाे)