
बारीमै कुहिन थाल्योे गोलभेंडाः किसानले पाएनन् उचित मुल्य (फाेटाे/भिडियाे सहित)

कोशी प्रदेशमा धनकुटा पछि सवै भन्दा गोल भेंडा खेती हुने झापामा यस बर्ष गोलभेंडा विक्रीमा समस्या आएको छ । बजारमा उचित मुल्य पाउन नसके पछि किसानको गोलभेंडा खेतबारीमै कुहिएर खेर जान थालेको छ ।
झापा जिल्लामा गत बर्ष १ हजार १ सय हेक्टरमा गोलभेंडा खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङक छ । जुन विगत ५ बर्ष अघि भन्दा झण्डै ५ सय हेक्टर क्षेत्रफलको बढी खेती हो । यस बर्ष खेती विस्तार अझ बृद्धि भएकाले किसानको गोलभेंडा बारीमै कुहिएको कमल गाउँपालिका वडा नं. ४ का किसान ओम श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार खरिद गर्न अाएका व्यापारीले प्रति केजी ५ रूपयाँ भन्दा दिन नसके पछि टिप्ने खर्च नै नधान्ने बताउनु भयाे । बारीमै रातै भएर पाकेकाे गाेलभेंडा गाइ बस्तुलाइ खुवाउन थालिएकाे उहाँले बताउनु भयाे ।

त्यसो त यो बर्ष भारतबाट समेत अघिल्लो बर्षको तुलनामा फाल्गुन महिनासम्मको तथ्याङकमा १ सय १४ प्रतिशतले तरकारी आयात बृद्धि भएको छ । भारतबाट आयात हुने तरकारी नियन्त्रण र उन्नत विऊ उत्पादनमा सरकारले पहल गरे स्थानीय उत्पादनबाटै आत्मानिर्भर हुन सकिने १३ वटा देशको कार्य अनुभवसँगै १५ बर्ष देखि खेती गर्दै आउनु भएका अगुवा किसान शंकरदेव श्रेष्ठले बताउनु भयो ।
झापा जिल्लामा पछिल्लो समय गोलभेंडा खेती बर्षेनी विस्तार हुँदै गएको छ । २५ हजार मेट्रिक टन उत्पादन हुँदै आएको जिल्लामा खेती र उत्पादन बृद्धि हँुदै गए पनि उचित बजार नपाउँदा किसानलाई ठूलो मार परेको उनीहरुले गुनासो पोखेका छन् ।
भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।