जलवायु परिवर्तनले कृषिमा नयाँ रोग र किराको समस्याले किसान चिन्तित

चैतेधानमा ब्याक्टेरियल राेग समेत देखा पर्न थाल्याे  

२८ चैत्र २०८१/डिकेश लामा
नेपालको सवै भन्दा धेरै धान र मकै उत्पादन हुने झापामा नयाँ रोग तथा किराहरु देखा पर्न थालेको छ । जलवायु परिवर्तनका कारण समयमा पानी नपर्दा धान, मकै र अन्य बालीमा नयाँ खालका रोग र किराले समस्या ल्याउन थालेको छ । कमल गाउँपालिका वडा नं. २ मा कमल गजुरेलले ८ कठ्ठा जमिनमा चैते धान रोप्नु भयो । तर एक महिना नवित्दै कुन र के रोग लागेर हो धान एकाएक मर्न थालेको छ । लगाएकाे धान मध्ये अाधा भन्दा धेरै मरिसकेकाे छ ।

यस अघि चैते धानमा फङगसबाट हुने खालका रोगहरु मात्रै देखा पर्थे । तर यो बर्ष देखि ब्याक्टेरियाबाट हुने नयाँ खालका रोग र किरा समेत देखा परेको कमल गाउँपालिकाका कृषि प्राविधिक प्रेमप्रसाद पोखरेलले बताउनु भयो । पाेखरेलका यस बर्ष ब्याक्टेरियाबाट राेग लाग्न थालेकाे छ । खासगरी चैते धानमा नयाँ प्रजातिकाे किरा र राेग देखा परेकाे हाे । 


धानमा मात्र नभइ जलवायुको असर समग्र कृषि क्षेत्रमा नै देखा पर्न थालेको छ । वेमौषमी बर्षा र बाढीले एकातिर ठूलो क्षति गरिरहेको छ भने नयाँ रोग र किराका कारण समेत बालीमा क्षति पुग्न थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ झापाका वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार जलवायु परिवर्तनका असरबारे विभिन्न अध्ययन अनुसन्धानले जलवायु परिवर्तनका असर धेरै कृषि क्षेत्रमा परेकाे देखाएकाे छ । उहाँका अनुसार झापामै २ बर्ष यता धान पाक्ने वेला बाढी पहिराे तथा हावाहुरी र असिनाले धेरै असर गरेकाे छ । २०६१ साल देखि बन मन्त्रालय तथा कृषि तथा पशुपंक्षी मन्त्रालयले गरकाे अध्ययनबाट पनि जलवायुकाे असर देखा पर्न थालेकाे छ । 
जलवायुकाे परिवर्तनले पानी पर्ने समयमा पानी नपर्ने र परी हाले पनि भारी बर्षा हुने कारणले धेरै असर गरेकाे छ । यस बाहेक अति गर्मीमा हुने विभिन्न राेग र किरा समेत झापा जिल्लामा गरिने कृषि बालीमा देखा परेकाे छ । अव किसानले माैषम हेरेर साेही अनुसार खेती गर्नु पर्ने उहाँले बताउनु भयाे । यस्तै पानीकाे सहत समेत तल झरेकाले कतिपय ट्यूवलबाट हुने साना सिंचाइ समेत सुक्न थालेका छन् ।

नेपालको सवै भन्दा धेरै धान र मकै खेती हुने झापाका जमिनमा यतिखेर चैते धान र मकै खेतीले अधिक स्थान ओगटेको छ । तर नयाँ खालका किरा र रोग लागेर बालीमा क्षति हुन थाले पछि किसानहरु चिन्तित बन्दै गएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post साढे ४ हजार गुणा बढी मोलासिस निर्यात
Next post दुर्गा प्रसाईंलाई मेची पुलबाट पक्राउः सुटुक्क छिराइयाे नेपाल (भिडियाे सहित)