
प्रधानमन्त्री ओलीले गृह नगर दमकमा भोलि सम्बोधन गर्ने
२९ चैत्र २०८१/ झापा
पछिल्लो समय देशमा बढ्दै गएको राज्य व्यवस्था विरुद्धको गतिविधिलाई लक्षित गरी प्रधानमन्त्री केपी शर्मा ओलीले भोली आफ्नो गृह नगर दमकमा बृहत जनजागरणसभामा सम्बोधन गर्ने कार्यक्रमको तयारी सम्पन्न भएको छ ।
कोशी प्रदेश स्तरीय नेकपा एमालले जनजागरणसभामा प्रधानमन्त्री ओली सम्बोधन गर्ने सभा स्थल दमकको पशुहाट बजारमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । एमाले पार्टीका कोशी प्रदेश इन्चार्ज तथा पूर्व मुख्य मन्त्री शेरधन राईले वर्तमान अवस्थामा बढ्दै गएको वेथितिलाई चिर्न बृहत जनजागरणसभा आयोजना गरेको बताउनु भयो । उहाँले देश उल्टो हिड्न नसक्ने भएकाले राजतन्त्रात्मक राज्य व्यवस्था आउन नसक्ने बताउनु भयो । राईका अनुसार भोलि लाखौंको संख्यामा जनसहभागिता हुनेछ । वर्तमान अवस्थामा बढ्दै गएकाे वेथितिलाइ परास्त गर्न सवै जनताहरू एकजुट हुनु पर्ने भन्दै याे एमालेकाे मात्र नभइ साझा कार्यक्रम भएकाे उहाँले बताउनु भयाे ।
कोशी प्रदेशका १४ वटै जिल्लाबाट पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति आजै बाट हुन थालेको उहाँले बताउनु भयो । सभालाई भव्य बनाउन दमक देखि गौरीगंजसम्म आज बृहत मोटर साइकल र्याली समेत गरेको सम्मेलनमा जानकारी दिइएको छ । पार्टीका केन्द्रिय नेताहरुको उपस्थितिमा भएको सम्मेलनमा कार्याक्रमका लागि सम्पूर्ण तयारी सकिएको जानकारी दिइएको छ ।