
दुर्गा प्रसाईंलाई मेची पुलबाट पक्राउः सुटुक्क छिराइयाे नेपाल (भिडियाे सहित)
२९ चैत्र २०८१/झापा
राजावादी आन्दोलनमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज काँकडभिट्टाबाट पक्राउ परेका छन् । प्रसाईंलाई नेपाल–भारत पूर्वी सीमामा रहेको मेची पुलबाट साढे १० बजे प्रकाउ गरिएको हो । सीमा नाकामा समर्थकको भीड लागे पछि प्रसाईंलाई ढिलो गरी सुटुक्क ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय झापाले भने प्रसाइ पक्राउ परेकाे बारे थाह नभएकाे समेत दावी गरेकाे छ ।
तर पनि थोरै संख्यामा भेला भएका समर्थकले प्रसाईंलाई ल्याउँदा ल्याउँदै नाराबाजी समेत गरेका छन् । तीनकुने घटनाको छानविन र राज्य आतंक बन्द गर जस्ता नारा लगाउँदै काँकडभिट्टा बजारमा केही बेर र्याली समेत गरेका छन् ।
प्रसाईंलाई बिहीबार भारतको आसाममा भारतीय सुरक्षाकर्मी फेला पारी प्रहरीको नियन्त्रणमा राखिएको थियो । भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेका प्रसाईंलाई आज शुक्रबार नेपाल ल्याइएको हो ।
यसैबीच नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षक सचिवालयले प्रसाईं प्रक्राउ परेकोबारे प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । विज्ञप्तीमा गत १५ गते तीनकुने हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा फरार रहेका प्रसाईं र उनका अंग रक्षक दिपक खड्कालाई भद्रपुरबाट काठमाण्डौं लगिएको जानकारी दिएको छ ।