१५ देशका राजदुतले घुमे इलामकाे विभिन्न भागः स्थानीय बस्तुकाे प्रवर्धनमा टेवा पुग्ने पराराष्ट्र मन्त्री डा. राणाकाे भनाइ(फाेटाे फिचर)

चिया टिप्दै राजदुतहरू

१ वैशाख २०८२, डिकेश लामा–  नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपाल आएका विभिन्न देशका राजदूतले अन्तुमा चिया टिप्ने प्रतिष्पर्धा गरेका छन् । सोमबार १० बजे देखि राजदूतहरुले चिया बोक्ने डालो भिरेर चिया कसले धेरे चिया टिप्ने भन्ने प्रतिष्पर्धा गरेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सबै राजदूतका लागि यो फरक अनुभव भएको र चिया कसरी तयारी गरिन्छ भन्ने जानकारी गराउँदै नेपालकाे कृषि क्षेत्रकाे पर्यटन विकास लागि सहभागी गराइएकाे बताउनु भयाे ।  उहाँले नेपालकाे अार्थिक स्थिति सुधार गर्न यस बर्ष पूर्वी नेपालकाे इलाममा विभिन्न कार्यक्रम गरिएकाे बताउनु भयाे ।

मन्त्री डा. राणा सहित पर्यटकहरू झुल्के घाम हेर्दै अन्तु डाँडामा

राजदूतहरुले टिपेको चिया जोखेर उहाँहरूलाइ चिया नै मायाकाे चिनाे स्वरूप प्रधान समेत गरिएकाे छ ।   सूर्योदयका नगरप्रमुख रणबहादुर राईका अनुसार चैत्र ३१, बैशाख १ र २ गते नेपालका लागि विभिन्न देशका राजदुत र कुटनीतिज्ञहरूकाे सहभागितमा कार्यक्रम गरिएकाे छ । चिया प्रशाेधन र त्यसकाे गुणस्तर जाँच तथा दुधबाट बनाइने विभिन्न प्रकारका चिजकाे समेत उहाँहरूलाइ चखाएर त्यसकाे महत्वबारे जानकारी गराइएकाे छ ।

नेपाली चिया विश्व बजारमा प्रवर्धन गर्नका लागि चिया टेष्टिङको कार्यक्रम राखिएको सूर्योदय टि प्रोडुर्सस एशोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिनुभयो । चिया टेष्टिङसँगै चियाका प्रकार बारेमा जानकारी गराइएको थियो । जुन कार्यक्रमबाट चियाकाे प्रचार प्रसार देशका विभिन्न देशमा पुग्ने उहाँले बताउनु भयाे ।

राजदुतहरूलाइ नेपाली पहिरनमा कन्याममा स्वागत गरिँदै

ब्ल्याक टि, अर्थोडक्स ग्रीन टि, उलङ टि, सिल्भर टी, गोल्डेन टीको स्वाद चखाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तर योजना फिक्कलका चिया प्राविधिक नविन कोइरालाले जानकारी दिनुभयो । यस्तै चिज र अलैची टेष्टिङको कार्यक्रममा समेत राजदुतहरूले सहभागिता जनाएकाे सूर्याेदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत राइले बताउनु भयाे ।  नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न देशका राजदूत आइतबार इलामको सूर्योदय नगरपालिका आउनुभएको थियो ।

परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत १५ देशका राजदूत आइतबारदेखि अन्तुमा हुनुहुन्छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा मन्त्रालयका सचिव राईसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी राजदूतसहित ४५ जना बढी उच्च तहका पदाधिकारी भ्रमणमा सहभागी रहेका छन् । मन्त्री राणाले याे भ्रमण कार्यक्रमले नेपाली स्थानीय बस्तुलाइ विश्व बजारमा पुर्याउन थप मदत पुग्ने बताउनु भयाे । उहाँले नेपालकाे पर्यटन विकास लागि स्थानियसँगकाे छलफल पछि अागामी बजेटमा पूर्वाधारमा समेत जाेड दिने बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post लुटपाट हिंसा अव सैय हुँदैनः प्रधानमन्त्री ओली
Next post बर्खा नजिकिएसँगै बाढीको चिन्ताः तत्काल बाँध निर्माण गर्न बाढी पीडितकाे माग