नेपाल आज ३६५१ संक्रमित, १७८४ निकाेः २२ जनाकाे मृत्यु

२५ श्रावण २०७८, काठमाडौँ –  पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६ सय ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ४५ पीसीआर परीक्षणमा आज थप २ हजार ६ सय ९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ६ हजार १ सय ४९ परीक्षणबाट १ हजार ४२ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ५ सय ९४ परीक्षणमा ३ हजार ६ सय ५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १७ हजार ४८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ८४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ छ । नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ११५ पुगेको छ । यस्तै यता प्रदेश नम्बर एकमा मात्र ९५४ जनामा संक्रमण देखा परेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post फेरियाे लागु पदार्थ बाेक्ने तरिकाः याैनाङ्गभित्र ब्राउन सुगर लुकाएर ल्याउने २ महिला पक्राउ
Next post सरकारी माछा पोखरी प्रयोग विहीनः भूरा उत्पादन रोकिदाँ किसानलाई समस्या (भिडियाे कथा सहित)