Photo credit to Nepal Police Gauriganj, jhapa

२४ श्रावण २०७८, झापा– प्रतिबन्धित लागु पदार्थकाे काराेवार गर्नेले शैलीसँगै जाेखिम माेल्न थालेका छन् । शरीरकाे गाेप्य अंगमा जाेखिम माेलेर लुकाएर ल्याउनेक्रम झापामा बढ्न थालेकाे छ । अाज मात्रै याैनाङ्गमा लुकाएर  लागु औषध ब्राउन सुगर  ल्याउदै गरेको अवस्थामा दुइ जना महिला पक्राउ परेकाछन् । नेपालमा प्रतिबन्धित ब्राउन सुगर भारतबाट गाैरीगंजकाे नाका हुँदै नेपाल ल्याउदै गरेको अवस्थामा झापाकाे दमकमा बसाेबास गर्दै अाएका दुई महिला संवेदनशील अंगमा लुकाएर ल्याउँदै गरेकाे अवस्था पक्राउ परेक परेका हुन् ।

प्रहरीका अनुसार गुप्ताङ्गमा लुकाएर ब्राउनसुगर ल्याउँदै गर्दा रंगेहात पक्राउ पर्नेहरुमा झापा दमक १ बस्ने ३४ वर्षिया शनिवार साँझ ७ बजे गौरीगञ्ज ४ कदमगाछीमा सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुले संबेदनशील अंगमा लागूऔषध लुकाएको हुनसक्ने शंका गरेपछि स्वास्थ्य कर्मीकाे सहयाेगमा जाँच गर्दा प्रतिबन्धित लागु पदार्थ फेला परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।  खजुरगाछी स्वास्थ्य चौकीमा स्वास्थ्य कर्मचारीलाई चेकजाँच गर्न लगाउँदा मञ्जुले गुप्ताङ्गमा लुकाईरहेको अवस्थामा ४४ दशमलव ३ सय ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जानकारी दिएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *