सरकारी माछा पोखरी प्रयोग विहीनः भूरा उत्पादन रोकिदाँ किसानलाई समस्या (भिडियाे कथा सहित)
संघीयता यता कृषि फार्म सुधाराेन्मुख
२५ श्रावण २०७८/डिकेश लामा
पूर्वी नेपालको झापा जिल्लामा ४ दशक देखि संचालित कृषि विकास फार्मको माछा पालन तथा भूरा उत्पादन कार्य लामो समय देखि रोकिएको छ । देश संघीय पूर्नसंरचना गएसँगै सरकारले आवश्यक बजेट विनियोजन नगर्दा झण्डै ८ विगाह क्षेत्रको माछा पोखरी त्यतिकै खेर गईरहेको छ ।
यो दृष्यमा देखिएको पोखरी माछा पालन तथा भूरा उत्पादन गर्ने क्षेत्र हो । सरकारी तवरबाट जिल्लामा एक मात्र माछाको भूरा उत्पादन कार्य लामो समय देखि रोकिदाँ किसानलाई समस्या भएको छ । आवश्यक बजेट नभएकाले केही बर्ष प्रभावित बनेको कार्यक्रम यस बर्ष देखि संचालन गर्ने तयारी गरेको कृषि विकास फार्मकी बाली विकास अधिकृत मोनिका चौधरीले बताउनु भयो ।
पूर्वी नेपालको पुरानो र ठूलो कन्काई सिंचाइ आयोजनाले विक्रम सम्बत् २०३२ साल देखि संचालन गरेका फार्मका भवनहरु धेरै जिर्ण बन्दै गएका छन् । एक दशक लामो द्वन्द्वकालको चपेटामा परेका पुराना संरचनाको हालै आएर मर्मत संभार थालिएकाले केही सुधार आएको फार्ममा काम गर्ने कर्मचारीले बताएका छन् । कुनै वेला माछा र माछाका भूरा उत्पादन गर्ने पूर्वी नेपालको नामी कृषि फार्मको माछा पोखरी नै अहिले झारजंगल छोपेको छ । माछाको कार्याक्रम रोकिँदा माछा पालनमा लागेका किसानलाई समेत प्रभाव परेको स्थानीय अगुवा प्रकाशचन्द्र गौतम्ले बताउनु भयो ।
फार्मबाट माछाका भूरा उत्पादन हुँदा जिल्लाका माछा पालक किसानलाई धेरै सहज थियो । तर अहिले धेरैजसो भारतबाट भूरा खरिद गर्नु पर्ने बाध्यता छ । यस कृषि फार्मबाट माछाको भूरा उत्पादन संचालन गर्ने हो भने पूर्वी नेपालका माछा पालक किसानलाई धेरै सहज हुने स्थानीयले बताएका छन् ।
भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।