नेपालमा आज ९० जनामा संक्रमण

२१ असार २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार १ सय १२ को नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । एक साता यता भाइरस संक्रमण संख्या केही बढ्न थालेकाे छ ।

सो अवधिमा २० जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९लाख ६७ हजार ५ सय ५५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ५ सय ३१ ले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय १ पुगेकाे छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेसनमा ३९९, संस्थागत आइसोलेसनमा दुई, आइसियु दुई र भेन्टिलेटरमा एक जना सङ्क्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकका धिमाल महिलालाई उनीहरूकाे पहिरन पेटानी बुन्न तान वितरण
Next post सुनापति शाेकमा सिंगाे गाउँका ८ जनाकाे एउटै चिहान, ज्यान गुमाउनेकाे संख्या १३ पुग्याेः २५ जना गम्भीर घाइते