माल्दिभ्स विरुद्ध नेपालले गोलको वर्षाः ०–११ काे अन्तर

५ कार्तिक २०८१, काठमाडौँ– काठमाण्डौमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले आज माल्दिभ्स विरुद्ध गोलको वर्षा गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजेबाट सुरु भएको खेलको पहिलो हाफमा नै नेपालले पाहुना टोली माल्दिभ्स विरुद्ध ४ गोल गर्न सफल बन्याे ।

स्तै खेलको दोस्रो हाफमा ७ गोल थपेर नेपालले सानदार जित हात पार्न सफल बन्याे ।   माल्दिभ्स विरुद्धको सानदार खेल प्रदर्शनमा रेखा पौडेलले पाँच, प्रीति राईले तीन तथा सवीता रानामगर, अनिता केसी र अमिशा कार्कीले समान एक गोल गरेका छन्। यो जितसंगै ४ अङ्क बनाएको नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ ।

यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । पहिलो खेलमा श्रीलंकासंग १-० गोल अन्तरले पराजित माल्दिभ्स भने अंकविहीन छ । यसैबीच आजै भएको पहिलो खेलमा श्रीलङ्कालाई ४-१ गोल अन्तरले हराउँदै भूटान विजयी भयो । अब समूह चरणको अन्तिम खेलमा बिहीबार नेपालले श्रीलंका र माल्दिभ्सले भुटानको सामना गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा अवैध सामान बरामद संख्या बढ्दै