महागुरु फाल्गुनन्दको नाम राख्न मागः नाम मेट्न खोजिए आन्दोलन गरिने (फाेटाे फिचर)

१६ कार्तिक २०७९/डिकेश लामा
राष्ट्रिय विभूती फाल्गुनन्दको नाममा सामुदायिक भवनको नाम राख्न माग गरिएको छ । झापाको दमकमा निर्माण भएको प्रदेश नम्बर एकै नमूना र ठूलो भवनको नाम शिल्यान्यास गरेको वेला राखिएको नाम फाल्गुनन्द नै राख्न किराती समूदायले माग गरेका छन् ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापालाई आज एक ज्ञापन पत्र बुझाउँदै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको नाममा शिल्यान्यास गरिएको भवन उहाँकै पालामा नाम परिवर्तन गरी दमक सामुदायिक भवन बनाएकाले राष्ट्रिय विभूति प्रति अपमान गरेको भन्दै गुनासो पोखेका छन् ।


१५ दिन भित्र नाम नसच्याए किराती समूदायले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिँदै किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले ज्ञापन पत्र बुझाउनु भएको छ । उहाँका अनुसार शुरुमा फाल्गुनन्द सभागृह नामाकरण गरेर पुन एमाले पार्टीकै सरकार भएको वेला दमक सभागृह नामाकरण गर्नुले किराँतीहरुको महागुरु प्रदेश नम्बर एक कै राष्ट्रिय विभूतीको अपमान गरेको उहाँले बताउनु भयो ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख थापाले कार्यपालिका वैठकमा कुरा राखी नाम सच्चाउन पहल गरिने बताउनु भएको छ । दमक नगर पालिकाको वडा नं. ९ मा ३२ करोड लगानीमा हालै निर्माण सम्पन्न सामुदायिक भवन १ हजार ५ सय जना क्षमता रहेको छ ।
निर्वाचन नजिकिएसँगै पूर्व प्रधामन्त्री नेकपा एमालेका अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा आदिवासी जनजाति समूदायले आफूहरुलाई शीर्ष नेतृत्वले गरेको अपमान र अपहेलना गरेको भन्ने विषयले चर्चा पाउन थालेको छ । निर्वाचनको मुखमा आदिवासी जनजातिको नामाकरण गरी योजना अघि सार्ने र सरकारमा पुगे पछि अर्को नामाकरण गर्नाले आफूहरुको पहिचान माथि खेलबाड गर्न खोजेको आदिवासी रंगशालाका अगुवा नेतृत्वहरुले आरोप लगाउँदै आएका छन् ।


तर यता प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै आदिवासी जनजातिलाई सँधै दमन र अपहेलना गर्ने भनी आरोप खेप्दै आएको एमाले पार्टीले नै आदिवासी रंगशाला नामबाटै अन्तराष्ट्रिय स्तरको रंगलाशा कमलमै बनाउने भनी यस अघि निर्वाचन लक्षित कार्याक्रमलाई सम्बोधन गर्दै यस अघि प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसक्नु भएका क्षेत्र नम्बर ५ क बाट एमाले पार्टीको तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्नु भएका हिक्मत कुमार कार्कीले बताउनु भयो ।


तर कमलको रंगशाला दमकमा सारिए पछि आदिवासी जनजाति समूदायले नेतृत्वको भाषण प्रति विश्वास गर्न छाडेको गौरादह नगरपालिका वडा नं. ६ का लखिचन सरदारले बताउनु भयो । सरदारका अनुसार यस अघि आफूहरुलाई नागरिकता दिने भनी आश्वासन दिँदै भोट मागेका नेताहरुले न अहिलेसम्म नागरिकता दिए न उचित बसोवास नै ।
पछिल्लो समय निर्वाचन नजिकिएसँगै जिल्लामा एक अर्काले आरोप प्रतिआरोप लगाउन थालेका छन् । भोलि देखि दलहरुले प्रचार प्रसार गर्न पाउने निर्वाचन आयोगले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पिकनिक खान गएका युवाहरु चढेको डुङ्गा डुब्दा ३ जनाको मृत्यु
Next post ओलीकाे आराेपकाे कडा खण्डनः कुन चाँही गठबन्धन अपवित्र?