युक्रेनमा हेलिकप्टर दुर्घटना : गृहमन्त्रीसहित १८ जनाको मृत्यु

४ माघ २०७९,एजेन्सी– युक्रेनको राजधानी किएभको शिशु पाठशाला नजिक आज भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका बीबीसीले जनाएको छ ।

अनलाइनमा पोष्ट गरिएको एउटा भिडियोमा आगो लागेको देखिन्छ भने रुवाबासी भएको आवाज सुनिन्छ । दुर्घटनाका सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन । राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १६ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताउनुभएको छ । गृहमन्त्रालयका कैयौँ उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उहाँका उपमन्त्रीको ज्यान गएको छ ।

४२ वर्षीय गृहमन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता हुनुहुन्छ । उहाँ दुई वर्षअघि गृहमन्त्री नियुक्त हुनुभएको थियो । दश जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए । प्रहरी र चिकित्साकर्मी दुर्घटनास्थलमा उद्धार तथा उपचारमा सक्रिय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बिमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पाैडेलकाे सम्झनामा झापामा उभिएरै शोक सभा
Next post सभामुखमा झापा क्षेत्र नं. २ का एमालेका सांसद घिमिरे निर्वाचित