सभामुखमा झापा क्षेत्र नं. २ का एमालेका सांसद घिमिरे निर्वाचित

५ माघ २०७९,काठमाडौं- प्रतिनिधि सभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार झापा निर्वाचन क्षेत्र नं. २ का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा पहिलाे पटक उम्मेद्वार दिएर निर्वाचित बन्न सफल घिमिरेले सता गठबन्धनकाे सहयाेगमा सभामुख पदमा विजय प्राप्त गर्नु भएकाे हाे ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँलाई मतदान गर्ने पक्षमा १ सय ६७ मत खसेको छ । उक्त प्रस्तावकको विपक्षमा एक सय मत खसेकाे हाे  । मतदानमा २ सय ६८ले भाग लिनुभएको छ । एक जनाले मत दिनु भएन ।

विसं २०१३ मा ताप्लेजुङमा जन्मनुभएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद हुनुहुन्थ्यो । उहाँ प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा झापा क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपाललाइ पराजित गर्दै निर्वाचित हुनुभएको थियो । उहाँले विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गर्नुभएको थियो । उहाँ विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य बन्नु भएकाे थियाे ।  घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गर्नुभएको थियो । हाल उहाँ एमालेको स्थायी समिति सदस्य र प्रदेश नं १ को इञ्चार्ज हुनुहुन्छ । स्नातक तहसम्मकाे अध्ययन पुरा गर्नु भएकाे घिमिरेले २०३१ सालकाे झापा अान्दाेलन पछि राजनैतिक क्षेत्रमा विधार्थी जीवनबाटै प्रवेश गर्नु भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post युक्रेनमा हेलिकप्टर दुर्घटना : गृहमन्त्रीसहित १८ जनाको मृत्यु
Next post पाेखरामा हवाइ दुर्घटनापछि यात्रु घटेसँगै भाडा पनि घट्यो