झापाकाे कन्काई प्रजापति क्षेत्रमा खानेपानी बन्द हुँदा समस्या (फाेटाे फिचर)

२४ माघ २०७९/डिकेश लामा

संचालन हुँदै आएको खानेपानी योजना बन्द भए पछि कन्काइ नगरपालिका वडा नं. १ र २ का बासिन्दामा समस्या भएको छ । भएको योजना समेत बाटो विस्तारको क्रममा रोकिए पछि स्थानीय बासिन्दाहरु ट्यूवेलको दुशित पानी पिउन बाध्य छन् ।कन्काई नगरपालिका वडा नं. १ मा ढेड दशक अघि गाउँले आफैले पैसा संकलन गरेर सहयोगी संस्थाको सहयोगमा प्रजापति खानेपानी संचालन गरियो । तर पछिल्लो समय त्यो खानेपानी पनि बन्द हुनु र नयाँ योजना समेत संचालनमा नआउँदा दुषित खानेपानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रजापति बन क्षेत्रका बस्तीहरुको सयाँै घरमा बाहिरबाट हेर्दा इनार जस्तो देखिने सिमेन्टको घरेलु पानी फिल्टर राखिएको छ । तर त्यो पनि पहेंलो पानीका कारण फोहोर बनेका छन् । त्यस्ता फिल्टरको प्रयोग गरेर आर्सानिकयुक्त पानी पिउनु पर्ने बाध्यता अझै पनि हट्न सकेको छैन । पानी संचालन गर्ने भन्दै पैसा संकलन गरे पनि पानी भने नआएको कन्काई २ प्रजापति गाउँका बालदिका अधिकारीले बताउनु भयो ।


गाउँलेहरु मिलेर संचालन गरेको खानेपानी पनि बाटो विस्तारले विग्रिए पछि थप समस्या भएको छ । राज्यले नयाँ योजनामा पनि आवश्यक बजेट नदिएकाले खानेपानीको समस्या जटिल बन्दै गएको प्रजापति खानेपानी तथा सरसफाई समूहका अध्यक्ष हरि राउतले बताउनु भयो । राउतका अनुसार पटक पटक गाउँलेबाट पैसा संकलन गरेर फिल्टर फेर्दै खानेपानी संचालन गर्दै आएको भए पनि दुर्गापुर दानाबारी इलाम सडकको विस्तारले खानेपानीको पाइप नष्ट भए पछि पानी पूर्णरुपमा बन्द भएको छ । नयाँ योजनामा समेत आवश्यक बजेट नभएकाले खानेपानीको व्यवस्था नहुँदा ट्यूवेलको पानी घरेलु प्रविधिबाट छानेर पिउनु पर्ने बाध्यता रहेको बताउनु भयो ।


झापा जिल्लामा प्रदेश तथा संघीय सरकारको गरी झण्डै २ सय वटा हाराहारी खानेपानी योजना निर्माण तथा संचालनको तयारीमो पुगेको छ । तर आवश्यक बजेट नहुँदा एउटै योजना पनि संचालन गर्न दशक बढी समय लाग्ने भएकाले खानेपानी समस्या हट्न नसकेको खानेपानी डिभिजन कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पाेखरामा भएकाे जहाज दुर्घटनाकाे कारण यस्ताे रहेछः दुवै इन्जिनका प्राेपलर फेदरमा किन गएन?
Next post महाभूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ५ हजार नाघ्याे