रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी

१४ जेष्ठ २०८०, काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी गर्नु भएकाे छ । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिस अनुसार चौधरीलगायतको कैद माफी गरेका राष्ट्रपति कार्यालयले विज्ञप्ती मार्फत जानकारी दिएकाे छ । गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी उल्लेख्य गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पौडी खेल्ने क्रममा डुवेर कमलका एक यूवाकाे मृत्यु
Next post कोशी प्रदेश नामकरणका विषयमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा ५८ जना घाइते