विमाको रकम घटाए पछि बाख्रा पालक किसान समस्यामाः पेशाबाट विस्थापित हुँदै किसान

१६ कार्तिक २०८०/बालदिवश तामाङ

बाख्रा पालन गर्दै आएका झापा जिल्लाका किसानहरु रोगका काराण समस्या पर्दै आएका छन् । पछिल्लो समय सरकारले विमाको मुल्य घटाउनु र विभिन्न खाले रोग लागे पछि बाख्रा पालक किसानहरु समस्यामा परेका हुन् । झापामा केही बर्ष यता बाख्रा पाल्ने किसानहरुको संख्या बढ्दै गएको छ । तर विभिन्न रोग र उचित विमा रकम नहुँदा किसान समस्यामा परेको सेतुमारी कृषि सहकारी संस्थाका व्यवस्थापक दिपक खनालले बताउनु भयो । खनालका अनुसार ढेड देखि २ लाख रुपयाँ हालेर ल्याएको उन्नत जातको बोका पनि २० हजार भन्दा माथि मुल्यमा विमा नहुनुले समस्या भएको छ । यस अघि जति मुल्यमा खरिद गरेको बाख्रा बोकाको मुल्य अव २० हजार भन्दा माथि नहुने भए पछि किसान समस्यामा परेको उहाँले बताउनु भयो ।

बाख्रा पालन व्यक्तिगतरुपमा मात्र नभएर कृषि सहकारी संस्थाहरुले समेत गर्न थालेका छन् । तर बाख्राबाट भने जस्तो लाभ लिन सकिएको छैन । खासगरी विदेशबाट आयातित बोयर बाख्राहरु धेरै पालिने गरिएको छ । बाख्रामा धेरै खाले रोग देखा पर्ने गरेको भए पनि एक प्रकार रगत जाने डाइरिया जस्तो रोगले भने धेरै चुनौती दिएको छ । एउटै गोठमा ४० वटासम्म बाख्राहरु मरेका छन् । सरकारले यस्ता रोगबारे उचित चासो नराखेको ६ बर्ष देखि बृहत बाख्रा पालन गर्दै आउनु भएका शिवसताक्षी नगरपालिका वडा नं. ७ का किसान प्रकाशचन्द्र गौतम्ले बताउनु भयो । गौतमका अनुसार सरकारले यस्ता रोग विरुद्ध उपचार गर्न अनुसन्धान केन्द्रहरु स्थापना गरी किसानको समस्या बुझ्नु पर्ने उहाँलको भनाइ छ ।

परम्परागत तरिकाले बाख्रा पालन गर्दै आएका किसानहरु पछिल्लो समय आधुनिक तरिकाबाट बाख्रा पालनमा जुटेका छन् । सरकारले गोठ निर्माण देखि आवश्यक सामाग्री र नश्ल सुधारका लागि अनुदान समेत उपलव्ध गराएको छ । तर पछिल्लो समय बाख्रामा देखिएका रोग र विमा रकम घटाए पछि धेरै किसानहरु बाख्रा पालन छाड्न बाध्य भएको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post इजराइलद्वारा गाजास्थित शरणार्थी शिविरमा भीषण आक्रमणः हमासका बरिष्ठ कमाण्डरसहित ५० जनाको मृत्यु
Next post Femmes Riches Seules Adopte Une Mâture