
८ चैत २०७७, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ रहेको छ । हालसम्म देशभर २२ लाख ३६ हजार ५ सय २६ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ४८ जना रहेका छन् ।
