सयौं विगाह धान खेत बगर बने पछि किसानहरु चिन्तितः राहतको सट्टा स्थायी बाँध निर्माण गर्न माग (फाेटाे फिचर)

११ साउन २०७९/डिकेश लामा

गत बर्ष आएको वेमौषमी बाढीले जिल्लामा ४ हजार हेक्टर धान खेत जमिन बगर बन्न पुग्यो । कार्तिक महिनामा आएको बाढीले सयौं किसानको उठिबास लागेको घाऊ सेलाउँन नपाई यस बर्ष असार महिनाको मध्य तिर आएको बाढीले झापाको गौरादहको दक्षिणी भूभागमा सयौं विगाह धान खेत बगरमा परिणत भएको छ । जसले गर्दा किसानहरु समस्या परेका छन् । धान रोपेको र कतै रोप्न तयार खेतमा बाढी पसे पछि जिल्लाको दक्षिणी क्षेत्रका दर्जनौं किसानहरु समस्या परेका हुन् । यस बर्षको बर्षातमा सवै भन्दा धेरै झापाको गौरादह क्षेत्रमा क्षति पुगेको छ । रतुवा खोलामा आएको बाढीका कारण दक्षिणी क्षेत्रमा सयौं विगाह धान खेत बगरमा परिणत भएको किसानले बताएका छन् ।

बाढीले खेत बगाएसँगै कतिपयको गरिखाने उपाय समेत गुमेको छ । सरकारले राहत वितरणको सट्टा स्थायी बाँध निर्माण गरिदिए गरिखाने आधार बन्ने गौरादह नगरपालिका वडा नं. ४ डुबुवाटोलीका ६५ बर्षीय बाढी पीडित सन्तलाल शर्माले बताउनु भयो । शर्मा जस्तै सो क्षेत्रमा २५ घर परिवार बाढीको डुवानका परेकाले अझै समस्यामा रहेका छन् । सो बस्तीमा ३ सातासम्म हिलो नसुकेको र बाढी पटक पटक छिर्न थाले पछि समस्या भएको सो क्षेत्रमा बासिन्दाले बताएका छन् ।

झापा जिल्लामा यस बर्ष कन्काई, रतुवा, कमल लगायतका नदि तथा खोलाले नसोचेको क्षेत्रमा क्षति पुर्याएको छ । जताततै लार्पावाही उत्खनन्ले पनि क्षति बढेकाले यसलाई नियन्त्रण गर्नु पर्ने अनुगमनमामा आउनु भएका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सह–सचिव महेश्वर श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार हिउँदमा लार्पावाही नदिजन्य सामाग्री दोहन गरेका कारण बाढी नसोचेको क्षेत्र तिर पस्न थालेको बताउनु भयो ।

बाढीले कटान गरेकाे क्षेत्रमा तत्काल बाढी राेक्नका लागि अस्थायी बाँसकाे बाँध निर्माण गर्ने कार्यलाइ जाेड दिएकाे गाैरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताउनु भयाे । झापा जिल्लामा पछिल्लो आएको बाढीले सयौं विगाह जमिन धान खेत बगरमा परिणत भएको छ । सयौं किसानको गरिखाने खेतबारी नै बगाए पछि जिविकोपार्जनमा समस्या भएको उनीहरुले बताएका छन् । खेत बगाएर समस्यामा परेकाहरुलाई सरकारले उचित सहयोग गर्नु पर्ने उनीहरुले माग समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकको नगरसभा बल्ल सम्पन्नः बजेट तथा केही विशेष निर्णय पारित
Next post नेपालमा आज ७१० संक्रमितः २ जनाकाे मृत्यु