दमकको नगरसभा बल्ल सम्पन्नः बजेट तथा केही विशेष निर्णय पारित

११ साउन २०७९/सारासन्देश समाचार
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा पटक पटक स्थगित भएको नगरसभा आज सम्पन्न भएको छ । नगरको ११ औं नगरसभाको पाँचौ पटक बसेको वैठकले नगरको वजेट तथा केही विद्येयक समेत पारित गरेको छ ।
१ अर्व ६४ करोडको बजेट यस अघि ४ पटक बसेको वैठकले समेत पारित गर्न सकेको थिएन । नेकपा एमाले पार्टीका जनप्रतिनिधिले राखेका केही मागलाई सम्बोधन गरे पछि आज बहुमत सदस्यले बजेट तथा अन्य निर्णयहरु पारित गरेको छ । नगरले यस अघि लाउँदै आएको सवारी पटके कर हटाउने, नगरबासीमा एक पटकका लागि ठूला रोग लागेकालाई १५ हजार नगद सहयोग गर्ने लगायतका २२ वटा महत्वपूर्ण निर्णय समेत गरेको सभाका अध्यक्ष नगर प्रमुख राम थापाले जानकारी दिनु भयो ।  सभामा उपप्रमुख रेगिना भट्टराईले आर्थिक र विनियोजनगरी दुई वटा विधेयक प्रस्ताव गरी बहुमतबाट पारित भएको छ ।


यस अघिको नगरसभामा गुनासो राख्न समेत नदिएको भन्दै एमालेका प्रतिनिधिले बैठक बहिस्कार गर्दै आएका थिए । ३ दिन अघि बसेको कार्य पालिकाको वैठकमा सहमति जुटे पछि आजको सभाबाट बजेट तथा अन्य निर्णयहरु पारित गर्दै सम्पन्न भएको प्रमुख प्रशाशकीय अधिकृत शशि राईले बताउनु भयो । सभामा राईले कार्यपालिकाको बैठकले गरेका विशेष निर्णय समेत प्रस्तुत गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५६४ संक्रमित थपिए
Next post सयौं विगाह धान खेत बगर बने पछि किसानहरु चिन्तितः राहतको सट्टा स्थायी बाँध निर्माण गर्न माग (फाेटाे फिचर)