लैंगिक हिंसा अन्त्य गर्न घरैबाट थालौं (फाेटाे फिचर)

२४ मंसिर २०८०/सारासन्देश समाचार(दमक)
लैंगिक हिंसा कम गर्न अव हरेकले घरैबाट अभियान थाल्नु पर्नेमा जोड दिइएको छ । हिंसा सम्बन्धी सचेतना जागृति गर्न ३ दर्जन संघसंस्थाले आफ्नै खर्चमा यस पटक १६ दिने अभियानमा गरिएका विभिन्न कार्यक्रमको समिक्षामा बोल्दै दमकमा गरिएको कार्याक्रमका बक्ताहरुले हिंसा अन्त्य गर्न कोठ कार्याक्रम मात्र नभइ घरैबाट शुरु गर्ने पर्ने बताएका छन् ।
कार्याक्रममा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले महिला, पुरुष र लैंगिक अल्पसंख्यकले हिंसा रहित बाँच्न पाउनु पर्ने मानव अधिकारको संरक्षणमा सवै लाग्नु पर्ने बताउनु भयो । उहाँले नगरपालिकामा मात्र गएको आर्थिक बर्षमा ४ सय बढी मुद्धा न्यायिक मञ्चमा आएको बताउनु भयो ।

यस्तै जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार पछिल्लो ३ बर्षमा हिंसा सम्बन्धी ६ सय २२ वटा मुद्धा आएको जानकारी दिएको छ ।
समापन कार्याक्रममा दमकका १६ जना संघर्षशील एकल महिलालाई नगद सहित सम्मान गरिएको छ । यसैगरी ३५ जना महिलालाई स्वरोजगारका लागि लुगा तथा जुत्ता सिलाउने मेशिन प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शरणार्थीको स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग
Next post रैथाने जातका माछा लोप हुँदै जाँदा माछा मारेर जिविकोपार्जन गर्ने समूदायमा समस्या (फाेटाे फिचर)