मेची भन्सारबाट पेट्रोल र फलामको आयात घट्योः राजश्व असुली भने बृध्दि

२२ फाल्गुण २०८१/झापा
पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट चालु आर्थिक बर्षमा पेट्रोलियम पदार्थ र फलामजन्य बस्तुको आयात घटेको छ । अघिल्लो आर्थिक बर्षको माघ मसान्तसम्म आयात तुलना गर्दा ५ दशमलव शून्य ३ प्रतिशतले पेट्रोलियम पदार्थको आयात घटेको छ । जुन मुल्यको हिसावमा ५७ करोड थोरै हो । अघिल्लो बर्ष ७ महिनाको अवधिमा ११ अर्व मुल्यको पेट्रोलिय पदार्थ आयात भएको थियो ।
यस्तै फलाम र फलामजन्य सामाग्रीको आयात पनि १२ दशमलव ५७ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षमा ७ महिनाको अवधिमा ५८ करोड मुल्यको फलामजन्य सामाग्री आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । तर यता भन्सार असुली भने गत २ बर्ष बृध्दि भएकाे छ ।  आर्थिक बर्ष २०७९–८० मा  ७१ दशमलव ०५ र २०८०–८१ मा ७६ दशमलव १० प्रतिशत राजश्व असुली भएकाे थियाे । तर चालु आर्थिक बर्षमा ९२ दशमलव ०९ प्रतिशत असुली भएकाे भन्सार  कार्यलयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अनेरास्ववियुका जिल्ला नेता भण्डारी माओवादी केन्द्रमा प्रवेश
Next post केचना नपुगेका नेता छैनन् तर हुन सकेन विकासः हाेचाे भूभागकाे विकासकाे उचाइ कहिले बढ्छ?