
केचना नपुगेका नेता छैनन् तर हुन सकेन विकासः हाेचाे भूभागकाे विकासकाे उचाइ कहिले बढ्छ?
२३ फाल्गुन २०८१/डिकेश लामा

यस्तै अर्का स्थानीय बासिन्दा राजेन्द्रलाल गणेशका अनुसार केही घेराबारा, स्तम्भ राख्ने काम भए पनि भनेकाे जस्ताे विकास भने भएकाे छैन । जसले गर्दा पर्यटककाे आगमन पनि खासै नहुने गरेकाे उहाँले बताउनु भयाे ।
झापाको सदरमुकाम चन्द्रगढीबाट झण्डै ३० किलो मिटर दक्षिणमा रहेको केचना पर्यटनको ठूलो संभवना बोकेको क्षेत्र हो । अभियानमा होस् या अन्य गतिविधिमा त्यस क्षेत्रमा पुगको नेताहरुले भने त्यस क्षेत्रको विकासमा जोड दिने बताउँदै आएका छन् । फाल्गुन ११ गते देखि शुरू भएकाे नेकपा माओवादी केन्द्रकाे जनतासँग माओवादी जनजागरण अभियानमा पुष्पकमल दाहाल प्रचण्डले नेपालकाे झण्डाेतलन गर्दै साे क्षेत्रकाे विकासमा सदनमा समेत कुरा राखेर पहल गर्ने बताउनु भएकाे छ ।
त्यस भन्दा केही समय अगाडि नेपाली काँग्रेशका नेता कृष्णप्रसाद सिटाैलाले समेत विकासका लागि संघीयता आवश्यक भएकाे र साे क्षेत्रकाे विकास सरकारले जाेड दिने आश्वासन दिनु भएकाे छ ।
नेपालको सवै भन्दा होचो भूभाग केचनाको पर्यटकीय क्षेत्रकाे विकासमा स्थानीय नेता देखि केन्द्रिय नेताले समेत धेरै भाषाण र आश्वासन भने दिएकाे स्थानीयकाे भनाइ छ। संघीयता पछि केही पूर्वाधारको काम भए पनि उल्लेख्य मात्रमा काम हुन नसकेकाले भारतीय सिमा नजिकै भएर पनि पर्यटककाे राेजाइ बन्न सकेकाे छैन ।
See Nepal Television story too.
https://www.facebook.com/100063510791232/videos/988343979936675