
अनेरास्ववियुका जिल्ला नेता भण्डारी माओवादी केन्द्रमा प्रवेश
१७ फाल्गुण २०८१, बिर्तामोड–
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का जिल्ला नेता अनुप भण्डारी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । भण्डारीलाई शनिबार शिवसताक्षीमा आयोजित एक कार्यक्रमका बिच नेताहरुले पार्टीमा स्वागत गरेका हुन। अनेरास्ववियुमा लामो समय कृयाशिल युवा नेता, १ नम्बर प्रदेशका पूर्व सांसद हिराकुमार थापाका स्वकीय सचिव समेत रहनु भएकाे थियाे ।
भण्डारीलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का झापा इन्चार्ज रञ्जित तामाङ, केन्द्रीय सदस्य तथा पूर्व मन्त्री झलकसिह दर्लामी, जिल्ला संयोजक राजु आचार्य (अग्नी), अखिल (क्रान्तिकारी)का निवर्तमान उप-महासचिव खगेन्द्र सुवेदी, केन्द्रीय सदस्य नविन सिटौला, निवर्तमान झापा अध्यक्ष रन्जन धमला लगायतले नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मा अाैपचारिक कार्यक्रमबीच स्वागत गरेका छन् । एमालेले आफ्नालाई काखी च्याप्ने र क्षमता भए पनि अन्यलाई पाखा लगाउने गतिविधिबाट आफू आजित भएको विगत सुनाउँदै भण्डारीले मुलुकको अबको विद्यार्थी तथा मूल राजनीतिक नेतृत्व माओवादी केन्द्रले मात्र गर्न सक्ने निष्कर्ष निकालेर पार्टी प्रवेश गरेको बताउनु भयाे ।
यस अघि माओवादी केन्द्रकाे जनतासँग माओवादी जनजागरण अभियानमा समेत धेरैले विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका छन् ।