
अम्रिसो कुचोको बजारमा समस्याः दाेब्बर बढी मुल्य गिरावटले किसानकाे श्रम पनि उठेन
२५ फाल्गुण २०८१/डिकेश लामा
भारतीय बजारमा अम्रिसो कुचोको मुल्य घटेसँगै नेपालका व्यवसायी देखि किसानसम्मलाई असर परेको छ । लागत खर्च समेत नउठ्ने भए पछि कतिपय किसानको कुचो त्यतिकै खेर गएको छ ।
झापाको मेची भन्सारबाट गएको बर्ष भन्दा मुल्यको हिसावले झण्डै ९ करोड रुपयाँ थोरै ६० कराेड मुल्यको अम्रिसो कुचो निर्यात भएको छ । मुल्य घट्दै गए पछि किसान समेत मारमा परेको पहाडको कुचो खरिद गरी झापाका बजारमा विक्री गर्दै आउनु भएका रमेश चापागाँईले बताउनु भयो । चापागाँइका अनुसार यस बर्ष किसानले ३५ रूपयाँ पनि मुल्य पाएका छैनन् । जुन कुचाे संकलन गर्ने ज्याला भन्दा थाेरै भएकाे उहाँले बताउनु भयाे ।

बारीको डील र भीर पाखामा खेती विस्तार गर्दै आएका किसानले बोटमै कुचो छाड्नु पर्ने अवस्था भएको छ । खेतला लगाएर संकलन गरिने कुचोको मुल्यले श्रम मुल्य समेत नपाएकाले घाटा भएको किसानले बताएका छन् । देउमाइ नगरपालिका वडा नं. ५ का पञ्चमान नेम्बाङका अनुसार ६ क्वीन्टल कुचाे संकलन गर्न सफल भए पनि नाफा भने नभएकाे बताउनु भयाे । गत बर्ष ७० रूपयाँ प्रति केजी विक्री गरेकाे कुचाे याे बर्ष अाधा पनि मुल्य नअाएकाेले जन लगाएर संकलन गरेकाे मुल्य पनि नपाएकाे गुनासाे पाेख्नु भयाे ।

यता भारतीय बजारमा कुचोको मुल्य अधिक घटे पछि नेपालमा कुचो संकलन गरी विक्री गर्ने व्यवसायी समेत मारमा परेका छन् । पहिले उच्च मुल्यमा खरिद गर्ने व्यवसायीहरु लाखौं रुपयाँ घाटामा गएको ३० बर्ष देखि कुचो व्यवसाय गर्दै आउनु भएका मेचीनगर नगरपालिका वडा नं. १२ का व्यवसायी विष्णु मगरले बताउनु भयो ।
मगरका अनुसार गत बर्ष २२ लाख रूपयाँ घाटा व्यहाेर्नु परेकाे थियाे । तर याे बर्ष पनि ठूलाे घाटा हुने अवस्था अाएकाे बताउनु भयाे । भारतमा कुचाेकाे उत्पादन बढेसँगै मुल्यमा गिरावट भएपछि नेपालकाे सिमा क्षेत्रमा संकलन र निर्यात गर्ने दर्जन बढी व्यवसायी मारमा परेका छन् ।

२ बर्ष अघि झण्डै २ सय रुपयाँ प्रति केजी पुगेको कुचो यस बर्ष पछिल्लो बजारमा ४० रुपयाँसम्म झरेको छ । जसले गर्दा किसानको कुचो त्यतिकै थन्किएको छ भने व्यवसायी समेत मारमा परेको उनीहरुको भनाइ छ ।