स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन

२८ फाल्गुण २०८१/झापा
झापाको दमकमा प्रदेश र स्थानीय सरकारको ६ करोड रुपयाँ बजेटमा निर्माण गरिएको जैविक बजार निर्माण थालेको ५ बर्षमा उद्घाटन गरिएको छ ।
२ दिने स्थानीय तथा रैथाने कृषि मेला प्रदर्शनीको आयोजना गरी बजारको उद्घटान गरिएको हो । प्रदर्शनी कार्याक्रममा किसानका समस्या र समाधानका विषयमा प्यानल बहस समेत गरिएको छ । बहसमा इलामकाे राेङ गाउँपालिकाका, धरान, स्थानीय तह, कृषि क्याम्पस लगायतका कृषिका जानकार सहित बहस भएकाे छ । बहसमा किसानले बजारकाे समस्याबारे सरकारले मार्ग खाेज्नु पर्नेमा जाेड दिएका छन् ।

दमक र सो आसपास रहेका पालिकामा उत्पादित कृषि बस्तुको छुट्टै बजार निर्माण गरी किसानको बजार सुनिश्चित गर्न बजार संचालनमा ल्याइएको हो । किसानको उत्पादनको बजार सुनिश्चित गर्न जैविक कृषि बजार संचालनमा ल्याइएको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले बताउनु भयो ।

आज भएको प्रदर्शनी कार्याक्रमको समापनमा कृषिमा बृहत खेती र उत्पादन गर्ने किसानलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान समेत विगतरण गरिएको कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले बताउनु भयो । बजारमा किसानले उत्पादन गरेको आधा केजी भन्दा बढी तौल भएका आलु देखि अन्य रैथाने स्थानीय कृषि उत्पादनको प्रदर्शनी गरिएको छ । यस्तै स्थानीय क्षेत्रका किसानले उत्पादन गरेकाे जैविक मल र हस्तकलाका समाग्री समेत प्रदर्शनीमा राखिएका छन् । निर्माण थालेकाे ५ बर्षमा संचालनमा अाएकाे बजार नियमितरूपमा संचालन गर्न भने चुनाैती रहेकाे स्थानीय बासिन्दाकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बनेका संरचना भत्किन थाले पछि दमक रवि चिसापानी सडकमा समस्या (फाेटाे फिचर)  
Next post झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)