पत्रकारकाे ज्यान मार्ने धम्की दिनेलाई कार्वाही गर्न माग

२६ मंसिर २०८०, झापा
संचारकर्मी बिर्तामोड झापा डटकमका सञ्चालक टिकाराम बास्तोलालाई समाचारको बिषयलाई लिएर बारम्बार ज्यानमार्नेसम्मको धम्की दिएको घटनाप्रति पत्रकार संगठनहरुले आपत्ती प्रकट गरेका छन् । नेपाल पत्रकार महासंघ झापा र प्रेस सेन्टर झापाले छुट्टा छुट्टै विज्ञप्ती जारी गरी धम्की दिने विर्तामोड ४ निवासी म्यान पावार संचालक गणेश गिरी सहित परिवारका सदस्यलाई कार्वाही गर्न प्रशासन समक्ष माग गरिएको छ ।

 

पत्रकार बास्तोलाले केहिदिन अघि बाह्रखरी अनलाईनमा प्रकाशित अफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ शिर्षकको समाचार आफ्नो न्युज पोर्टल बिर्तामोड झापा डटकममा साभार गरी फेसबुक पेजमार्फत शेयर गरेका थिए ।
उक्त समाचारको बिषयलाई लिएर पक्राउ परेका अन्जेश गिरीको बुवा गणेश गिरी र अन्य सदस्यले समेत विभिन्न नम्बरबाट पटक पटक फोन गरेर गालीगलौज गर्दै धम्क्याउने साथै ज्यानमार्ने धम्कीसम्म दिने गरेको बाँस्तोलाले जानकारी गरेका छन् । विज्ञप्तीमा समाचारको बिषयमा चित्त नबुझे उजुरी गर्ने निकायमा जाने मार्ग हुँदाहुँदै ज्यान मार्ने धम्की दिने अपशब्द प्रयोग गरी गाली गलौज गर्ने कार्य कानुन विपरित भएको बताइएको छ । पत्रकार महासंघका सचिव डिकेश लामा र सेन्टरका सचिव पुष्प खड्काले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा पत्रकारको सुरक्षा र पीडक गिरी परिवारलाई कानुनी कार्वाही गर्न माग समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रैथाने जातका माछा लोप हुँदै जाँदा माछा मारेर जिविकोपार्जन गर्ने समूदायमा समस्या (फाेटाे फिचर)
Next post मानव संसाधानको विकासमा जोड दिन्छौंः मुख्य मन्त्री कार्की (फाेटाे फिचर)