पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जना संक्रमित, १९ जनाकाे ज्यान गयाे

१९ जनाकाे ज्यान गयाे

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसैबीच, उपत्यकामा मात्रै १९३५ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५६४ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६९.१ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ८४५१८ रहेको छ ।

यसैगरी देशभर पछिल्लो २४ घण्टामा १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५७ प्रतिशतको ज्यान गएको  बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कोरोनाभाइरसका कारण तीन करोड ८० लाखभन्दा बढी मानिस सङ्क्रमित
Next post एक सय रुपयाँको गाँजाले लियो युवाको ज्यानः गाँजाकाे विवादमा हत्या गर्ने पक्राउ